दोलालघाटको आकाशमा रंगिचंगी छाताको दाइँ

Dolalaghat bhumlu

दोलालघाट / पर्यटकीय क्षेत्र दोलालघाटको आकाशमा रंगिचंगी छाताले ढाकिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको हो ।

रंगीचंगी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको भुम्लु गाउँपालिकाले जनाएको छ ।
भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाएको हो ।

पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्