वडा कार्यालयबाट नै भत्ता वितरण भएपछि जेष्ठ नागरिक खुशी

वडा कार्यालयबाट नै भत्ता वितरण भएपछि जेष्ठ नागरिक खुशी

दशैंको मुखमा बैंकहरुमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकहरुसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले वृद्धा,एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् ।

बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हो ।

गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धीत वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको सुनकोसी गाउँपालिकाले जनाएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गरेका थिए ।

सुनकोसी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो बढेपछि जनप्रतिनिधिहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय लिएका हुन् ।

दशैंको मुखमा बैंकहरुमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकहरुसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सुनकोसीका ७ वटा वडामध्ये ४, ५ र ६ बैंकबाट टाढा रहेको वडा हुन् । यी वडामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सुनकोशी गाउँपालिका–६ का धनबहादुर बस्नेतलाई पहिलो तीन महिनाको १२ हजार रुपैयाँ भत्ता प्रदान गरेर वडाबाटै भत्ता वितरण सुरु गरेका थिए । ‘आफैले भोट दिएको मान्छेको हातबाट घरमै भत्ता पाएँ । एकदमै खुशी लागेको छ’, अध्यक्ष तिमिल्सिनाको हातबाट भत्ता बुझेपछि खुसी हुँदै बस्नेतले भने ।

वडा कार्यालयबाट भत्ताबापतको रकम पाउदा बैंकसम्म पुग्न दुःख नभएको र अन्य बेलामा पनि यसै गरी वडाबाटै भत्ता पाए सजिलो हुने वडा नम्बर ६ की मनमाया थापाले बताइन । गाउँपालिकाभित्र सरकारले वर्गीकरण गरेको २ हजार ७३४ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडकाले जानकारी दिए । वडा नम्बर १ देखि ५ सम्म सिन्धु विकास बैंक र ६ तथा ७ मा लक्ष्मी बैंकमार्फत भत्ता वितरण गर्ने गरिएको उनले बताए ।

वडा नम्बर १ देखि ३ सम्म सिन्धु विकास बैंक नजिकै भएकाले सम्बन्धित बैंकमार्फत नै वितरण हुने र ७ मा पनि लक्ष्मी बैक नजिकै भएकाले त्यो वडामा पनि बैंकबाटै भत्ता वितरण हुने खडकाले जानकारी दिए । सुनकोशी गाउँपालिकामा जेष्ठ नागरिक १६७५,जेष्ठ दलित ११३, जेष्ठ नागरिक एकल महिला १९५,एकल महिला ३१८,पुर्ण अपाङ्ग ९८, अति अशक्त अपाङ्ग १३५ र दलित बालबालिक २०० गरी कुला २७३४ जनाले मासिक रुपमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापतको रकम बुझ्ने गरेका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्