आठ बर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात

आठ बर्षपछि उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात ! व्यावसायी उत्साह ! मानवीय आगमन भने निषेध !

निरोज चौलागाईँ

नेपाल–चीन प्रमुख व्यापारिक उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात भएको छ।

सोमबार नेपाली पक्ष र चिनियाँ अधिकारी मितेरी पुलमा उपस्थिति भइ नेपाली समान निर्यात गरिएको हो। बिहान् ९ बजे नेपाली सामन लिएर गएको कन्टेनरलाई चीनिया पक्षले स्वागत गर्दै कन्टेनर भित्र्याएको हो।

२०७२ को भुकम्प र भोटेकोसी बाढीबाट क्षति पुगेपछि निर्यात रोकिएको आठ बर्षपछि नेपाली सामान निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। तर मानवीय आगमन भने अझै बन्द रहेको भन्सार कार्यालयको भनाइ छ

गत साता ‘द्विदेशीय सहमतिअनुसार नाका दुईतर्फी संचालन भएको हो, सोमबार चिनियाँ तर्फ नेपाली सामान नरिवल जुट, बासबाट निर्मित मुडा, हस्तकला सामाग्री,भाडाकुडा सम्मग्री लगायत निर्यात भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले बताए ।

गत महिना ल्हासामा नेपाल–चीनका वाणिज्य अधिकारीबीच भएको सहमतिअनुसार तातोपानीबाट दुईतर्फी व्यापार सञ्चालन हुने छ । नाकाबाट निर्यात संचालन भएपछि व्यावसायिहरु उत्साहीत देखिएका छ्न।

व्यावसायि बिजय शेर्पा भन्छन्, हामीले अहिले नेपाली तीन वटा कन्टेनर चीन तर्फ पठाइएका छौ, आजबाट नाका दुइतर्फी खुलेको छ, नेपालबाट नरिवल जुट,बासका मुडा, हस्तकला, भन्छामा प्रयोग हुने भाडाकुडा लगायत निर्यात भएको छ ।

नाकाबाट मानवीय आवागमन अझै तत्काल नखुल्ने जानकारी चिनियाँ अधिकारीले दिएको भन्सार कार्यालयले बताएको छ। ‘मानवीय आवागमन खुलाउने विषयमा भने आगामी दिनमा बैठक बसेर निर्णय हुने कार्यालयले जनाएको छ।

सिफारिस

प्रतिकृया दिनुहोस्