कार्यसम्पादन मूल्याङ्कनमा त्रिपुरासुन्दरी प्रथम

निर्मल बस्नेत \चौतारा(२०८० असोज २०)

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको कार्यसम्पादन मूल्याङ्कनमा त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भएको छ ।

१ सय अङ्कमा गरिएको मूल्याङ्कनमा ७९.५अङ्क प्राप्त गरि १२ वटा स्थानीय तहमध्येमा प्रथम भएको हो ।

प्रथम स्थान हाँसिल गर्न सफल त्रिपुरासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सम्मान गरेको छ ।सम्मानित भएपछि त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले आफू २० बर्ष सिन्धुकै भूमिमा रहेर स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव सुनाए । उनले बिगतको वर्षहरु भन्दा यस बर्ष स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले ऐतिहासिक कदम अगाढी बढाएको तर्क गरे । शाहले सम्मनको वातावरण सिर्जना गर्न भूमिका खेल्ने गाउँपापलका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारीहरु, महिला स्वयमसेबिका समपूर्णलाई धन्यबाद व्यक्त गरे ।

त्यस्तै ७१.५ अङ्ककासाथ मेलम्ची नगरपालिका दोस्रो, ६७.५ अङ्क प्राप्त गरि बाह्रबिसे नगरपालिका तेस्रो भएको छ । स्वास्थ्य कार्यालयले प्रथम, द्धितीय र तृतीय हुनेको साथमा सहयोगि संस्था फेयर मेड, पीएसआई र महिला आत्मनिर्भर केन्द्र(मांक) लाई समेत सम्मान गरेको छ ।स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आ.व.२०७९÷०८० को बार्षिक समिक्षा कार्यक्रमा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले उनिहरुलाई सम्मान गरेका हुन्  ।

कार्यसम्पादन मूल्याङ्कनमा क्रमश पाँचपोखरी थाङपाल गाउँपालिकाले ६७, चौतारा साँगाचोकगढी नगरपालिकाले ६४.५, सुनकोशी गाउँपालिकाले ६२, लिसंखुपाखरले ६०.५, ईन्द्रावतीले ५८, बलेफीले ५८, जुगलले ५८, हेलम्बुले ५६.५ र भोटेकोशीले ५६ अङ्क पाएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीका अनुसार जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका कार्यालय प्रमुख गोमादेबी ढकालको संयोजकत्वमा ५ सदस्यीय मूल्याङ्कन समिति बनेको थियो उक्त समितिले बिभिन्न शिर्षकमा आधारित रहेर कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरि प्रथम, द्धितीय र तृतीय छुट्याईएको हो ।चौताराको न्यू अरनिको रिसोर्टमा २ दिन सम्म चलेको बार्षिक समिक्षामा कार्यक्रममा सिन्धिुपाल्चोक जिल्लाका ३ नगरपालिका र ९ गाउँपालिकाका गरि १२ वटा स्थानीय सरकारका स्वास्थ्य शाखा प्रमुख, सहयोगि संस्था फेयर मेड, पीएसआई र महिला आत्मनिर्भर केन्द्र(मांक), नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका प्रतिनिधि र स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका  कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्