सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा
सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङलाई एक बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरेको छ । २१ बर्षिय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिका २०८२ असार १० गते राति हराएको र भोलिपल्ट बिहान उनको शव जंगलको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो घरबाट करिब ४ सय मिटर परको बारी कान्लामा बालिकाको बलात्कार भएको र सोही स्थानमा हत्यासमेत गरिएको थियो । हत्यापछि शबलाई एकान्त जंगलको भिरमा लगेर मिल्काएका थिए । रुखमा अड्किएर टाउकोमा ढुङ्गाले हानेको अवस्थामा उनको शब फेला परेको थियो ।
बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरिएको पुष्टि भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । बालिकाका बाबुआमा वैदेशिक रोजगारीका लागि इराक बस्दै आएका छन् भने बालिका आफ्नै दिदी र भिनाजुसँग आफ्नै घरमा बस्दै आएकी थिईन् । अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्रीहरूसमेत प्रहरीले बरामद गरेको बताइएकोछ ।
सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा
