बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै
रोपाईको मेलो धमाधम चल्दैछ । असार १५ को झरिलो विहान । एकतिर धान दिवसको राष्ट्रिय उत्सव अर्कोतिर दहीचिउरा खाने साँस्कृतिक पर्व । फेरि पनि यी सबै चटारो र हतारोलाई छोडेर सिन्धुपाल्चोक, जलबीरेका स्थानीयहरु जलबीरे स्वास्थ्य केन्द्र बलेफीमा ओइरिएका थिए । धान रोप्ने चटारोभन्दा पनि आफ्नो आँखा परीक्षण गर्ने हतारोमा स्थानीयहरु देखिन्थे । नदेखोस पनि कसरी ? आँखा जो जीवनको नै संपूर्णता हो । यही आँखाको स्वाथ्यमा नै गडबड भयो भने सारा संसार नै अन्धकार हुने निश्चित नै छ । त्यसैले त उनीहरु सबैथोकलाई थाँति राखेर आँखा परीक्षण गर्न ओइरिएका हुन् ।

आँखा स्वास्थ्य चेकजाच तथा परिक्षण सम्वन्धि सेवा प्रवाह गर्ने हेतुले निशुल्क स्क्रीनिङ तथा शल्यक्रिया शिविर आयोजनाको चाँजोपाँजो मिलाइएको थियो – जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले अनि सम्वन्यको भूमिकामा रहेको थियो बलेफी गाउँपालिका, सिन्धुपाल्चोक । जलबीरे गाउँ पालिकाको सबै वडामा बसोबास गरिरहेका नागरिकहरू मध्य ८४६ जना सेवाग्राहीले आँखाको स्क्रिनिङ सेवा लिइरहँदा छिमेकी तर विकट गाउँपालिका जुगलका स्थानीयले पनि मौकाको फाइदा नउठाउने कुरै भएन । त्यसैले त यो झरिलो मौसममा पनि वर्षाको कुनै प्रवाह नगरिक याङ्लाकोट र हगामबाट २२८ जना सेवाग्राहीले आँखाको स्क्रिनिङ गराए । यी मध्ये बलेफकिा ४४ र जुगलको ११ जना गरि कूल ५५ जनाको मोतियाविन्दुको शल्यक्रिया पनि हुँदैछ । बलेफी गाउँपालिकाको सबै वडा र जुगल गाउँपालिकाको २ वटा वडामा यसअघि नै स्क्रीनिङ शिविर सम्पन्न भइसकोको हुँदा यो संख्या अझ बढ्न सक्ने जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइँले जानकारी दिनुभयो ।
तिलगगा आँखा प्रतिष्ठान काठमाण्डौंबाट आएका आँखा विशेषज्ञको टोलिले सेवा दिइरहेको यो शिविरमा मोतियाविन्दुको शल्यक्रिया भोलिसम्म सञ्चालन हुने पनि प्रमुख बजगाईले जानकारी दिनुभयो ।
