ढोरपाटन (बागलुङ)। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन्…
Category: समाचार
धान काट्ने चटारोमा कृषक
बाजुरा। दशैं नजिकिँदै गर्दा बाजुरासहित सुदूरपश्चिमका किसान धानसहितका बाली काटेर भित्र्याउन व्यस्त भएका छन् । धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने र चुट्ने कामले गाउँगाउँका खेतबारीमा चहलपहल बढेको छ । मौसमले धोका दिने भएकाले किसानहरू बिहानैदेखि खेतमै खाना खाने व्यवस्था गरेर काममा जुटेका छन् । बडिमालिका नगरपालिका–५ का कृषक चुफे चदाराले दशैं अघि अन्न घर भित्र्याउनुपर्ने हतारोले बिहानै खेतमा पुग्ने गरेको बताउनुभयो। “मौसम बिग्रिए वर्षभरको मेहनत खेर जान्छ,” “उहाँले भन्नुभयो” । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार जिल्लाभर धान पाक्न थालेको छ र यस वर्ष उत्पादन…
नयाँ शिक्षा मन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृश्य
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा शपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए । आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भिडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका…
जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
काठमाडौँ I जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा…
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच…
म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा
एजेन्सी, असार १८, २०८२ । स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा युभेन्टसलाई १-० गोलले पाखा लगाउँदै म्याड्रिड अन्तिम ८ मा पुगेको हो । हार्ड रक स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड १-० गोलले विजयी भएको हो । अब म्याड्रिडले क्वाटरफाइनलमा डर्टमण्ड र मोन्टेरीबीच हुने खेलको…
महिला फुटबलः नेपाल र श्रीलङ्का भिड्ने
काठमाडौँ, असार १८, २०८२। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ । फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्काे वर्ष…
बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै
बलेफीमा आयोजित आँखा शिविरमा विरामीको ओइरो, ५५ जनाको शल्यक्रिया हुँदै रोपाईको मेलो धमाधम चल्दैछ । असार १५ को झरिलो विहान । एकतिर धान दिवसको राष्ट्रिय उत्सव अर्कोतिर दहीचिउरा खाने साँस्कृतिक पर्व । फेरि पनि यी सबै चटारो र हतारोलाई छोडेर सिन्धुपाल्चोक, जलबीरेका स्थानीयहरु जलबीरे स्वास्थ्य केन्द्र बलेफीमा ओइरिएका थिए । धान रोप्ने चटारोभन्दा पनि आफ्नो आँखा परीक्षण गर्ने हतारोमा स्थानीयहरु देखिन्थे । नदेखोस पनि कसरी ? आँखा जो जीवनको नै संपूर्णता हो । यही आँखाको स्वाथ्यमा नै गडबड भयो भने सारा संसार नै अन्धकार हुने निश्चित नै छ । त्यसैले…
कृषिमा चौताराले के-के गर्यो ?
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न काम गरेको छ । चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिँदै वडानम्बर ६ र १४ मा ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ । ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम अनुसार वडा नम्बर ६ र १४ मा व्यवसायिक ड्रागन खेती गर्ने फर्महरूसँग कार्यक्रम सम्झौता गरी कार्यान्यनमा रहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए । उनका अनुसार माटो परिक्षण घुम्ती शिविर कार्यक्रम तर्फ नगरपालिका भित्रका कृषकहरुले उपलब्ध गराएको २३४ वटा माटोको नमुना परिक्षण गरिएको छ । कृषि चुन वितरण कार्यक्रमतर्फ माटो…
हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न
काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ २०७९ सालमा निर्वाचित भए । निर्वाचित लगत्तै स्वागत कार्यक्रम राखियो वडानम्बर ३ स्थित किटिनेमा । उक्त स्वागत कार्यक्रममा किटिनेकै एक महिलाले सापकोटालाई प्रश्न गरिन्- ‘तपाईं आउँदा पनि त्यहि बाटो भएर आउनु भयो । बाटोको हालत पनि देख्नुभयो होला ! पुल नभएको त झनै भन्नै पर्दैन् होला ! तपाईंको दाइ (अग्निप्रसाद सापकोटा)ले पनि जितेर जानु भयो । अब तपाईं के गर्नुहुन्छ ?’ ति महिलाको प्रश्न वास्तविकता तर गम्भीर र मनछुने पनि थियो । भर्खरै मेयरमा निर्वाचित सापकोटाले पुल बनाइदिन्छु भन्ने अवस्था पनि थिएन्,…
