म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

football

एजेन्सी, असार १८, २०८२ । स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा युभेन्टसलाई १-० गोलले पाखा लगाउँदै म्याड्रिड अन्तिम ८ मा पुगेको हो । 

हार्ड रक स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड १-० गोलले विजयी भएको हो । 

अब म्याड्रिडले क्वाटरफाइनलमा डर्टमण्ड र मोन्टेरीबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्