आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण

आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण
जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र ( डिओइसी ) सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण गरिएको छ ।
बागमति प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका साचिव रुद्रसिं तामाङले आज एक कार्यक्रमबीच करिव ४ लाख मूल्य बराबरको प्राविधिक सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
मन्त्रालयले स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर लगायतका सामाग्रीहरु हस्तारण गरेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनु भयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमति प्रदेशको आयोजनामा र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा आज भएको विपद व्यवस्थापन प्रगति समिक्षा गोष्ठीमा सो सामाग्री हस्तान्तरण भएको हो ।
राजनीतिक दलका प्रििधनिधि, पालिकाका प्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीैहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले मनसुन सुरु हुन लागेकोले विपद पूर्वतयारीका लागि जुट्नु पर्ने आवश्यकतालाई औल्याए । प्रमुख जिल्ला अधिकारी खनालले विपद व्यवस्थापनका लागि हालसम्म भएका प्रगतिमाथि प्रकाश पार्नु भयो ।
कार्यक्रम मन्त्रालयका सचिव रुद्रसिं तामाङको अध्यक्षतामा भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्