सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न काम गरेको छ । चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिँदै वडानम्बर ६ र १४ मा ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ ।
ड्रागन खेती प्रवर्द्धन तथा संरक्षण कार्यक्रम अनुसार वडा नम्बर ६ र १४ मा व्यवसायिक ड्रागन खेती गर्ने फर्महरूसँग कार्यक्रम सम्झौता गरी कार्यान्यनमा रहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए । उनका अनुसार माटो परिक्षण घुम्ती शिविर कार्यक्रम तर्फ नगरपालिका भित्रका कृषकहरुले उपलब्ध गराएको २३४ वटा माटोको नमुना परिक्षण गरिएको छ ।
कृषि चुन वितरण कार्यक्रमतर्फ माटो परिक्षण पश्चात प्राप्त माटोको रिर्पोटको आधारमा माटोको अम्लियपन सुधारको लागी कृषकहरुलाई कृषि चुन वितरण कार्य सम्पन्न गरिएको छ ।
साझेदारीमा कम्बाईन डिक्स मिल वितरण कार्यक्रमतर्फ नियमानुसार कार्यक्रम माग गरेकामध्य छनौट योग्य ५५ वटा लक्षित कृषक,समुह,सहकारीहरुलाई छनौट गरी धान,गहूँ,मकै,कोदो, आदी पिस्ने कम्बाईन डिक्स मिल ५० प्रतिशत अनुदानमा बितरण गरिने तयारीमा रहेको दाहालले जानकारी दिए ।
स्प्रेयर बितरण अनुदान कार्यक्रमतर्फ नियमानुसार कार्यक्रम माग गरेका मध्य छनौट योग्य ९० वटा लक्षित कृषक,समुह,सहकारीहरुलाई छनौट गरी खाद्यान्न बाली , तरकारी बाली लगायत आदी बालीहरुमा रासायनिक तथा जैविक विषादी छर्नका लागी आवश्यक स्प्रेयर सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरिने क्रममा रहेको छ ।
साना सिंचाई तथा पोखरी निर्माण कार्यक्रम तर्फ नियमानुसार कार्यक्रम माग गरेका मध्य छनौट योग्य २९ वटा लक्षित कृषक,समुह,सहकारी,व्यवसायिक फर्मरुलाई छनौट गरी ७५ प्रतिशत नगरपालिकाको साझेदारी र २५ प्रतिशत लक्षित समुहको साझेदारीमा कार्यक्रम सम्झौता भई कार्यान्वयन भैरहेको छ ।
प्लाष्टिक पोखरी निर्माण अनुदान तर्फ नियमानुसार कार्यक्रम माग गरेका मध्य छनौट योग्य १३ वटा लक्षित कृषक,समुह,सहकारी,व्यवसायिक फर्मरुलाई छनौट गरी ७५ प्रतिशत नगरपालिकाको साझेदारी र २५ प्रतिशत लक्षित समुहको साझेदारीमा कार्यक्रम सम्झौता भई कार्यान्वयन भइरहेको छ ।
मिनिटिलर मर्मत तालिम कार्यक्रम तर्फ नगरपालिका भित्रका सबै वडाहरुबाट प्रतिनिधित्व हुने गरी ४२ जना कृषकहरुलाई मिनिटिलर मर्मत सम्बन्धि ५ दिने तालिम प्रदान कार्यक्रम संम्पन्न गरिएको छ ।
अनुदानमा पुष्प विउ बितरण कार्यक्रमअनुसार फुल खेतीगर्न ईच्छुक कृषहरुलाई पुष्पको बिउ बितरण गरिएको छ ।
बाली संरक्षण कोष स्थापना अन्र्तगत कृषकहरुको मकै बालीमा देखा परेको अमेरिकन फौजि किरा नियन्त्रणको लागी बिषादी बितरण गरिएको छ ।
गतवर्ष के के गरेको थियो ?
गतवर्ष मिनिटिलर बितरण अनुदान कार्यक्रम तर्फ कृषक,कृषक समुह,कृषि सहकारी,व्यवसायिक फर्महरुलाई १५५ ओटा मिनिटिलर वितरण गरेको छ ।
त्यस्तै स्प्रेयर बितरण अनुदान कार्यक्रम तर्फ कृषक,कृषक समुह,कृषि सहकारी,व्यवसायिक फर्महरुलाई २७ ओटा स्प्रेयर वितरण गरेको छ ।
प्लाष्टिक पोखरी निर्माण कार्यक्रम तर्फ कृषक,कृषक समुह,कृषि सहकारी,व्यवसायिक फर्महरुलाई १३ ओटा प्लाष्टिक पोखरी वितरण गरिएको छ ।
रासायनिक मल घुम्ती कोष स्थापना कार्यक्रम तर्फ रासायनिक मलको बिक्री बितरण गर्ने १२ ओटा सहकारीहरुलाई घुम्ती कोष रकम उपलब्ध गरेको छ ।
एक घर एक करेसावारी प्रोत्साहन अनुदान कार्यक्रम तर्फ कृषक,कृषक समुह,कृषि सहकारी,व्यवसायिक फर्महरुलाई प्लाष्टिक टनेल १३८ ओटा र आइरन टनेल २४ ओटा बितरण बितरण गरिएको छ ।
.
साना सिंचाई तथा पोखरी निर्माण कार्यक्रम तर्फ कृषक समुह,कृषि सहकारी,व्यवसायिक फर्महरुलाई कार्यक्रम उपलब्ध गरिएको छ ।
.
पकेट विकास प्रवद्र्घन कार्यक्रम (प्याकेज) कार्यक्रम तर्फ २ वटा कृषक समुह,२ वटा कृषि सहकारी छनौट गरि कार्यक्रम उपलब्ध गरिएको छ ।
माटो परिक्षण घुम्ती शिविर कार्यक्रक तर्फ नगरभित्रका ३३४ जना कृषकहरुको माटोको नमुना परिक्षण गर्नुका साथै माटो सुधारको लागी ६० मे.टन कृषि चुन बितरण कार्य गरिएको छ ।
मिनिटिलर मर्मत कार्यक्रम तर्फ ३१८ जना कृषकहरुको मिनिटिलर मर्मत गरिएको छ ।
मकैको बिउ उत्पादन फलोअप कार्यक्रम अन्तर्गत मकैको विउ उत्पादन भइरहेको क्षेत्र तोकी १ वटा सहकारीलाई अनुदान प्रदान गरिएको छ ।
कृषकहरुको कृषि बालीमा देखा परेको रोग किराको समस्या पहिचान गरी रोकथामको लागी ५०० जना भन्दा बढी कृषकहरुलाई जैविक तथा रासायनिक बिषादी बितरण गरिएको छ ।
साना सिंचाई तथा पोखरी निर्माण कार्यक्रम तर्फ सिचाई पोखरी,सिचाई कुलो निर्माण तथा मर्मत गरी जम्मा ९ ओटा निर्माण मर्मत कार्य गरिएको छ ।
कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु ढुवानीमा सहजता प्रदान गर्न कृषि एम्बुलेन्स खरिद गरेको जनाएको छ ।
