बलेफीले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन उर्दी

बलेफीले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन उर्दी


चौतारा । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको छ ।

चैत्र २५ गते बसेको गाउँपालिकाको बैठकले सामुदायिक विद्यालयप्रतिको विश्वासलाई जीवन्त राख्नका लागि जनप्रतिनिधि कर्मचारी र शिक्षकहरुलाइ सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिकाहरुलाई अध्ययन गराउन निर्णय गरेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय लगायत समग्र पक्षको सुदृढिकीकरण गरि गुणस्तरियता कायम गर्ने प्रतिवद्धतासहित बलेफी गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष गंगाबहादुर तामाङले बताए ।

सिफारिस

प्रतिकृया दिनुहोस्