अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिला

अचारबाट आत्मनिर्भर बन्ने मेलोमा महिला
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका उद्योग शाखाको आयोजना एवं सम्पदा गुठी चौताराको व्यवस्थापनमा २३ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ।
व्यावसायिक रुपमा अचार उत्पादन गर्ने र बजारीकरण गर्दै महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यका साथ चौताराको पुरानो बजारमा यो तालिमको आयोजना भएको हो।

चैत्र १५ गतेबाट सुरु भएको तालिम २१ गते समापन भएको सम्पदा गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनुभयो।

तालिमको बुधबार विधिवत रूपमा समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले प्राप्त तालिमलाई व्यावसायिक रुपमा क कार्यान्वयन गर्न अनुरोध गरे।

घरेलु तथा उद्योग विकास समितिका प्रमुख विश्वनाथ काफ्लेले बजारीकरणका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तालिम पश्चात उत्पादनसँगै बजारीकरण व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिन्धु नेवार खलका अध्यक्ष माधवलाल कर्माचार्य, प्रशिक्षक सजिना नकर्मी, प्रशिक्षार्थीहरु गुणाकेसरी श्रेष्ठ, सविता श्रेष्ठ र पार्वती श्रेष्ठले आआफ्ना धारणा राखेका थिए। कार्यक्रम हरिगोपाल श्रेष्ठ द्वारा सञ्चालन गरिएको थियो भने अध्यक्षता रविन्द्र श्रेष्ठले गरेका थिए।

सिफारिस

प्रतिकृया दिनुहोस्