म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच…

नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ हो – प्रजिअ थापा

निर्मल बस्नेत ११ साउन , चौतारा । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ भएको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रश्तुत गरे । उनले बिपद्को समयमा तत्काल खाद्यन्न लगायत अति आवश्यक कुराको आपुर्ति गर्न संघलाई आग्रह गरे । संघले बजार अनुशासन, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै दिगो व्यवसायीक वातावरण तय गर्न मूख्य भूमिका खेल्नुपर्नै कुरामा जोड दिएका थिए । बिपद् आइलागेको बखत निजी क्षेत्रको…

व्यवसायीलाई उत्साहित र जागरुक बनाउँदै उद्योग बाणिज्य कार्यालय

व्यवसायीलाई उत्साहित र जागरुक बनाउँदै उद्योग बाणिज्य कार्यालय

बाह्रबिसे । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई  सचेतना बढाउने क्रममा बाह्रबिसेमा बिहिबार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्तरका सरोकारवाहरुंग अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको । कार्यक्रमा ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा र वस्तु उत्पादन तथा उनीहरुले भोगेका समस्याहरुबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो  । सरोकारवालहरुसंगको सचेतना गोष्ठी कार्यक्रम बाह्रबिसे नगरपालिका उपप्रमुख मंजु तामाङको प्रमुख आतिथ्यमा भएको हो  । कार्यक्रममा बोल्दै उनले स्थानीय बजार र जिल्ला स्तरको बजार अनुगमनको लागि संयुक्त योजनाका साथ जानुपर्ने बताईन् । उनले व्यवसायीहरुलाई कानुनी सचेतना गरेकोमा उद्योग तथा बागिज्य कार्यालय सिन्धुपाल्चोकलाई धन्यबाद व्यक्त गरिन् ।…

गर्मी छल्न गडतिर

गर्मी छल्न गडतिर

सिन्धुपाल्चोक । पछिल्लो समय गर्मी बढ्न थालेपछि शीतल चाहनेहरूको पहिलो रोजाई नदी तटीय क्षेत्र बन्न थालेको छ । लामो समयदेखि पानी पर्न छाडेपछि जिल्लामा ह्वात्तै गर्मी बढेको छ । गर्मी बढेसँगै जिल्लाका साना तथा ठूला नदीहरूमा जल विहार गर्नेहरुको घुइँचो नै लाग्ने गरेको हो । पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको सुनकोसी नदीको तटमा अवस्थित सुकुटे यतिखेर गर्मी छल्नेहरूको पहिलो रोजाइ बन्ने गरेको छ । हरेक शुक्रबार र शनिवारलगायत सार्वजनिक बिदाको दिन सुकुटे घुम्न आउने पर्यटकहरू उल्लेख्य सङ्ख्यामा बढ्न थालेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । सुनकोसी नदीमा पौडी खेल्नेहरू मात्र हैन,…

उद्योग व्यवसायीहरूको नयाँ नेतामा बुद्धराज बस्नेत

व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत

उद्योग व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको २८ औं साधारणसभा एवम् ११ औं अधिवेशनबाट बुद्धराज बस्नेत विजयी हुनुभएको छ। दुई प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेत आगामी ३ वर्षका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो । बस्नेतले ९०४ मत प्राप्त गर्नुभएको छ। बस्नेतका निकटतम प्रतिद्वन्दी सुमन खत्रीले ६८४ मत प्राप्त गर्नुभएको छ ।अध्यक्षकै अर्का प्रतिद्वन्दी शम्भु तिमल्सिनाले जम्मा २९७ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ८११ मतका साथ उमेश प्रधान विजयी हुनुभएको छ। प्रधानका निकटतम प्रतिद्वन्दी सूर्य बहादुर…

उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता

उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मत परिणाम अनुसार बुद्धराज बस्नेतले आफ्नो अग्रतालाई कायम राखेको छ ।हालसम्म १११३ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ। जस अनुसार अध्यक्ष पदमा ४९५ मतका साथ बस्नेत अगाडि हुनुहुन्छ भने अर्को उम्मेदवार सुमन खत्री ४१२ मतसहित पछयाईरहनु भएको छ ।अध्यक्षकै उम्मेदवार शम्भु तिमल्सिनाले हालसम्म १८१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ४८८ मतका साथ उमेश प्रधानको अग्रता कायम नै छ । सूर्य बहादुर कार्की ले ३८७…

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशन सुरु

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अधिवेशन सुरुबाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं साधारणसभा र ११ औं अधिवेशन सुरु भएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई दिनसम्म जारी रहने अधिवेशनको पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घघाटन गर्नुभयो ।सो अवसर उहाँले चीनसँगको कुटनैतिकरुपमा पहल नगरेसम्म तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुने बताउनुभयो । चीन सरकारलाई सुरक्षाको पूर्णअनुभूति दिंदै सरकारले गम्भीर भएर कुटनैतिक पहल गरे मात्र नाकाको भविष्य सुनिश्चित हुने उहाँको तर्क छ ।क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले कृषिमा लगानी बढाउन नसकेसम्म मूलुकले आर्थिक प्रगति गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले…

बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष कसजूद्वारा राजीनामा

बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उमेश कसजूले आफ्ना पदबाट राजिनामा दिएका छन् ।कार्यव्यस्ततालाई कारण देखाउँदै अध्यक्ष कसजूले राजीनामा दिएका हुन् ।त्यस्तै सञ्चालक समितिका अन्य दुई जना सदस्यले पनि राजीनामा दिएका छन् । अध्यक्ष कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।उनीहरूले दिएकाे राजीनामालाईकम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ ।रिक्त हुन आएको अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको बताइन्छ । यसअघि पनि दुई सदस्य सन्दीपकुमार शारदा र सुलभ…

सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

तातोपानी नाका सहज र सरलरुपमा सञ्चालन गर्नका लागि नेपाली अधिकारीहरुले चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेका छन् । उत्तरी तातोपानी नाकास्थित मितेरी पुलमा शनिबार बसेको बैठकमा नाका सहज र सबैका लागि खुल्ला गर्नका लागि नेपाली सुरक्षाकर्मीहरुले चिनियाँ सुरक्षाकर्मीहरुलाई अनुरोध गरेका हुन् । नेपाली सुरक्षाकर्मीहरुले नाका सहज सञ्चालन हुनुपर्ने, खासा बजारमा नेपालीको पहुँच पु¥याउनु पर्ने, पर्यटकीय एवम् धार्मीक स्थल मानसरोवरमा पर्यटकका लागि यो नाका खुल्ला गरिनु पर्ने र बाह्रविसेदेखि नाकासम्मको सडक स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्नुपर्ने लगायतका अनुरोध गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए । भेटबार्तामा आफूहरुले गरेका अनुरोधलाई चिनियाँ…

भवन कार्यालयको फिल्ड इकाई चौतारामा स्थापना, सेवाग्राही खुशी

shahari

यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय, धुलिखेलको फिल्ड इकाई कार्यालय चौतारामा स्थापना भएको छ । भवन कार्यालयबाट हुने हरेक विकास निर्माण कामका लागि यस अघि जिल्लाका सेवाग्राहीहरु धुलिखेल जानुपर्ने वाध्यता रहँदै आएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले संयुक्तरुपमा इकाईको बुधबार उद्घाटन…