बाह्रबिसे । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई सचेतना बढाउने क्रममा बाह्रबिसेमा बिहिबार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्तरका सरोकारवाहरुंग अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको ।
कार्यक्रमा ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा र वस्तु उत्पादन तथा उनीहरुले भोगेका समस्याहरुबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
सरोकारवालहरुसंगको सचेतना गोष्ठी कार्यक्रम बाह्रबिसे नगरपालिका उपप्रमुख मंजु तामाङको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा बोल्दै उनले स्थानीय बजार र जिल्ला स्तरको बजार अनुगमनको लागि संयुक्त योजनाका साथ जानुपर्ने बताईन् । उनले व्यवसायीहरुलाई कानुनी सचेतना गरेकोमा उद्योग तथा बागिज्य कार्यालय सिन्धुपाल्चोकलाई धन्यबाद व्यक्त गरिन् । गेष्ठीमा उपभोक्ता संरक्षण ऐन २०७५ , उपभोक्ता सचेतना अभिवृद्धि , उद्योगी व्यवसायीले पालना गर्नु पर्ने ऐन नियमका प्रावधानहरूका वारेमा सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समीतीका संयोजक जीत बहादुर भण्डारीले सहजीकरण गरेका थिए । उद्योगी तथा व्यवसायीलाई ऐन नियम थाहा हुनुपर्ने भन्दै यस्तो कार्यक्रमको महत्वपूर्ण भुमिका हुने भण्डारीले बताए । बजार अनुगमन गर्दा होटल तथा पसलहरुमा राखिएको वस्तुको मिति, तौल हेरिने र म्याद सकिएको, उल्लेख गरे बमोजिम तौल नभएमा ब्यवसायी वा उद्योगीलाई नियमअनुसार जरिवाना सहित वस्तु नस्ट गर्ने उनले बताए ।

उनका अनुसार व्यवसायीहरुले मुल्य नलेखिएका खाद्य वस्तुहरुको मूल्यसूची उपभोक्ताले देखिने गरी राख्नुपर्ने हुन्छ । सुरक्षा, वस्तुकोबारे सूचना, स्वच्छ प्रतिस्पर्धात्मक मुल्यमा गुणस्तरीय वस्तु वा सेवा छनौट गर्ने अधिकार उपभोक्ताको हुन्छ । यसैगरी वाणिज्य कार्यालयको प्रमुख विश्वनाथ काफ्लेले ऐन, नीति, नियम, कानुन सम्बन्धि जानकारी दिएका थिए । उनले प्रदेश औद्योगिक ब्यवसाय ऐन २०७६, प्रादेशिक ब्यापार तथा ब्यवसाय सम्बन्धि ऐन २०७६, उद्योग दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु, वाणिज्य फर्म दर्ता गर्दा चाहिने कागजातहरु लगायतका विषयमा बताएका थिए । केही व्यावसायीहरुले स्थानिय तह र प्रदेश सरकारको दोहोरो दर्ता प्रक्रियामा विभिन्न झन्झट व्यहोर्नुपर्ने गुनासो गरेका छन् ।
सहभागि उद्योगीहरुले आफूले उत्पादन गरेको बस्तुहरुको बजार व्यवस्थापनमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने माग राखेका थिए । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत तथा पदाधिकारी, कर्मचारी र बाह्रबिसेका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । उद्योग तथा बाणिज्य कार्यालय चौतारा सिन्धुपाल्चोकले गत मंगलबार चौतारा व्यापारीक केन्द्रका उद्योगी तथा व्यवसायीहरुलाई पनि एक कार्यक्रम आयोजना गरि सचेतना गरिएको उद्योग अधिकृत बिश्वनाथ काफ्लेले जानकारी गराए ।