उद्योग व्यवसायीहरूको नयाँ नेतामा बुद्धराज बस्नेत

व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत

उद्योग व्यवसायीहरुको नयाँ नेतामा बुद्धराज बस्नेत बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको २८ औं साधारणसभा एवम् ११ औं अधिवेशनबाट बुद्धराज बस्नेत विजयी हुनुभएको छ। दुई प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेत आगामी ३ वर्षका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो । बस्नेतले ९०४ मत प्राप्त गर्नुभएको छ। बस्नेतका निकटतम प्रतिद्वन्दी सुमन खत्रीले ६८४ मत प्राप्त गर्नुभएको छ ।अध्यक्षकै अर्का प्रतिद्वन्दी शम्भु तिमल्सिनाले जम्मा २९७ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ८११ मतका साथ उमेश प्रधान विजयी हुनुभएको छ। प्रधानका निकटतम प्रतिद्वन्दी सूर्य बहादुर…

उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता

उद्योग वाणिज्य संघको मत परिणाम : बुद्धराज बस्नेतको अग्रता बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मत परिणाम अनुसार बुद्धराज बस्नेतले आफ्नो अग्रतालाई कायम राखेको छ ।हालसम्म १११३ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ। जस अनुसार अध्यक्ष पदमा ४९५ मतका साथ बस्नेत अगाडि हुनुहुन्छ भने अर्को उम्मेदवार सुमन खत्री ४१२ मतसहित पछयाईरहनु भएको छ ।अध्यक्षकै उम्मेदवार शम्भु तिमल्सिनाले हालसम्म १८१ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ४८८ मतका साथ उमेश प्रधानको अग्रता कायम नै छ । सूर्य बहादुर कार्की ले ३८७…

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशन सुरु

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अधिवेशन सुरुबाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं साधारणसभा र ११ औं अधिवेशन सुरु भएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई दिनसम्म जारी रहने अधिवेशनको पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घघाटन गर्नुभयो ।सो अवसर उहाँले चीनसँगको कुटनैतिकरुपमा पहल नगरेसम्म तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुने बताउनुभयो । चीन सरकारलाई सुरक्षाको पूर्णअनुभूति दिंदै सरकारले गम्भीर भएर कुटनैतिक पहल गरे मात्र नाकाको भविष्य सुनिश्चित हुने उहाँको तर्क छ ।क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले कृषिमा लगानी बढाउन नसकेसम्म मूलुकले आर्थिक प्रगति गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले…

बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष कसजूद्वारा राजीनामा

बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उमेश कसजूले आफ्ना पदबाट राजिनामा दिएका छन् ।कार्यव्यस्ततालाई कारण देखाउँदै अध्यक्ष कसजूले राजीनामा दिएका हुन् ।त्यस्तै सञ्चालक समितिका अन्य दुई जना सदस्यले पनि राजीनामा दिएका छन् । अध्यक्ष कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।उनीहरूले दिएकाे राजीनामालाईकम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ ।रिक्त हुन आएको अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको बताइन्छ । यसअघि पनि दुई सदस्य सन्दीपकुमार शारदा र सुलभ…

सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

तातोपानी नाका सहज र सरलरुपमा सञ्चालन गर्नका लागि नेपाली अधिकारीहरुले चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेका छन् । उत्तरी तातोपानी नाकास्थित मितेरी पुलमा शनिबार बसेको बैठकमा नाका सहज र सबैका लागि खुल्ला गर्नका लागि नेपाली सुरक्षाकर्मीहरुले चिनियाँ सुरक्षाकर्मीहरुलाई अनुरोध गरेका हुन् । नेपाली सुरक्षाकर्मीहरुले नाका सहज सञ्चालन हुनुपर्ने, खासा बजारमा नेपालीको पहुँच पु¥याउनु पर्ने, पर्यटकीय एवम् धार्मीक स्थल मानसरोवरमा पर्यटकका लागि यो नाका खुल्ला गरिनु पर्ने र बाह्रविसेदेखि नाकासम्मको सडक स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्नुपर्ने लगायतका अनुरोध गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए । भेटबार्तामा आफूहरुले गरेका अनुरोधलाई चिनियाँ…

भवन कार्यालयको फिल्ड इकाई चौतारामा स्थापना, सेवाग्राही खुशी

shahari

यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय, धुलिखेलको फिल्ड इकाई कार्यालय चौतारामा स्थापना भएको छ । भवन कार्यालयबाट हुने हरेक विकास निर्माण कामका लागि यस अघि जिल्लाका सेवाग्राहीहरु धुलिखेल जानुपर्ने वाध्यता रहँदै आएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले संयुक्तरुपमा इकाईको बुधबार उद्घाटन…

म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

सिन्धुपाल्चोक । समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको थली परेको जमिन ! वरिपरि ढुङ्गाले घेरिएको पौराणिक किल्ला ! उत्तरतिरका सेताम्मे हिम  शृङ्खला । सहजै देख्न सकिने चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार ! यार्मासिंग गाउँका सुन्दर बस्तीहरू ! अलिपर पूर्वतिर फुल्पिङकट्टिका छिटपुट गाउँहरू, पश्चिममा धारापानी र लिस्तिकोट ! तलतल आफ्नै सुरमा हस्याङफस्याङ बग्दै गरेको भोटेकोसी नदी ! प्राकृतिक सुन्दरताका अनुपम घुम्टो ओढेर वर्षोदेखि पर्यटकको पर्खाइमा बसेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुग्ने जो कोहीलाई पनि यी र यस्तै दृश्यहरूले स्वर्गानुभूति हुन सक्छ । परन्तु सुन्दरताले भरिभराउ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका, वडा न…

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली

काठमाडौं, १४ माघ ।  नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो । लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुराउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुराए पनि लोड पर्ने खालको लागि बत्ति नपुगे पछि डाडाँगाउँले…

हिउँभित्रको हुम्ला (फोटो फिचर)

हिउँभित्रको हुम्ला (फोटो फिचर)

सिमिकोट । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । आइतबार राती सम्म सफा रहेको मौसममा हावाहुरी सुरु भए सँगै सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।  जिल्लामा बिहानबाट हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् । हुम्लावासीहरूले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् ।  हिमपात सुरु हुनु अगावै हुम्लावासीहरू चिसो छल्न बेसी झरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी नाकामै रहेका छन् । हिमपातले सदरमुकाम सिमिकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन्…

मैत्री सहकारी साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल

मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल

मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण…