शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय पुन बन्द


चौतारा । गत आईतबारदेखि सिन्धुपाल्चोक जिल्लाभित्र रहेका विद्यालयहरु संचालनमा आएपनि कोरोना भाइरस संक्रमणका कारण पुन बन्द हुन थालेका छन् । जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ७ स्थित श्री बालबालिका सुधार आधारभूत विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि सो विद्यालय पुन वन्द गरिएको हो ।
शिक्षकमा नै कोरोना पुष्टि भएपछि थप संक्रमण हुन नदिन करिव एक हप्ताका लागि पठनपाठन लगायत विद्यालयको संपूर्ण गतिविधिहरु बन्द गरिएको प्रधानाध्यापक सिंहबहादुर तामाङले जानकारी दिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्