चौतारा ।बलेफी गाउँपालिकाले फुटसल प्रतियोगित गर्ने भएको छ । मंसिर २६ गतेबाट सुरु हुने प्रतियोगितमा ४० टीम सहभागि हुनेछ । विगत दुईवर्षदेखि आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई पालिकाले कोरोना महामारीकाबीच पनि आयोजना गर्न लागेको हो ।पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बन्दै गएको फुटसलको विकास गर्न पालिकाले यो वर्ष पनि प्रतियोगिता आयोजना गरेको जनाएको छ । बलेफी फुटसल समितिको आयोजना र बलेफी गाउँपािलकाको सहयोगमा हुने फुटसल प्रतियोगिताको प्रमुख अथिति सामाजिक विकास मन्त्री युवराज दुलाल शरद रहने गाउँपालिकाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजारसहित, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुनेलाई नगद ३० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा सेमिफाइनलमा पुग्ने टीमका खेलाडिलाई सुनकोसीमा र्याफिटङको व्यवस्था मिलाइएको छ ।
त्यस्तै बागमति प्रदेश सामाजिक विकास मन्त्रालय र बलेफी गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको कर्भड हलको पनि सो अवसरमा उद्धघाटन हुने गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
बलेफीमा फुटसल प्रतियोगिता हुने ।
