नयाँ दलको न्वारान गर्दै भ्रष्टाचारीको घण्टी बजाउने उद्घोष गरे रवि लामिछानेले(भिडियोसहित)

काठमाण्डौं । सञ्चारकर्मबाट राजनीतिककर्ममा पाइलो सारेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ दलको घोषणा गरेका छन् । सञ्चारजगतबाट सन्यास लिएका लामिछानेले आज काठमाण्डौंस्थित राष्ट्रिय सभा हलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका हुन् ।राष्ट्रलाई चिनेका तर राष्ट्रले नचिनेका २१ जनाको टोलिसहित नयाँ दल निर्माण गरेको उनले बताए । उनले नयाँ दलको चुनाव चिन्ह्र घण्टी भएको पनि उद्घोष गरे । यो घण्टीले भ्रष्टाचारीको घण्टी बजाउँने छ लामिछाने जोसिँदै भने क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देखियो त्यहाँ ढुँगा हान्नु होला ।जनमत गुमाउँदा गुमाउँदै पनि दलहरुले गठवन्धन गरेर राज्यसत्ताका लागि…

चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल

चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो । चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत…

गठवन्धनमा गद्दारी

चौतारा । एमालेका तर्फबाट उपप्रमुखका उम्मेद्वार बनेका जेपी सिलवालले ११ मत पाइरहँदा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार बनेका गणेश विकले १० मत मात्र पाए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । गठवन्धन अनुसार एमालेसँग ७ भोट र माआवादी केन्द्रसँग ४ भोट रहको छ ।तर गठवन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अझ कन्तविजोग त सदस्यका उम्मेद्वारहरुको भएको छ । यता नेपाली काँग्रेस र समाजवादीको गठवन्धनबाट…

सिन्धुपाल्चोकको २१ सरकारी कार्यालयमा छड्के, ११ कर्मचारी अनुपस्थिति

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन गरेको छ ।प्रशासन कार्यालयले आज विभिन्न २१ वटा सरकारी कार्यालयमा अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा ६ वटा कार्यालयका ११ जना कर्मचारी अनुपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमाा १ जना गरि जम्मा ११…

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बढ्यो

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बृद्धि गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमस: २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो । समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमस: ५०…

चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

चौतारा क्याम्पसले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ।चौतरा । सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पस चौताराले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई आज चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गरेमेयर सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप…

आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण

आपतकालीन कार्य सञ्चालन केन्द्र सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरणजीवन श्रेष्ठ, सिन्धुपाल्चोक । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र ( डिओइसी ) सिन्धुपाल्चोकलाई प्रविधिक सामाग्री हस्तान्तरण गरिएको छ ।बागमति प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका साचिव रुद्रसिं तामाङले आज एक कार्यक्रमबीच करिव ४ लाख मूल्य बराबरको प्राविधिक सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई हस्तान्तरण गर्नु भएको हो ।मन्त्रालयले स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर लगायतका सामाग्रीहरु हस्तारण गरेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनु भयो ।आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमति प्रदेशको आयोजनामा र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा आज भएको विपद व्यवस्थापन प्रगति…

उत्पादनमुखी निर्णय गरेर उदारहणीय बने लिसंखुपाखरका अध्यक्ष राजु लामा

चौतारा । निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै अधिकाँश पालिका प्रमुखहरुले वितरणमुखी निर्णयहरु गर्न थालेका छन् । कतै ६० वर्ष कटेका विदुरहरुलाई भत्ता दिने त कतै एकल पुरुषहरुलाई भत्ता दिने, त कतै अविहित महिला र किरियापुत्रीलाई भत्ता दिने निर्णय गर्न थालेका हुन् । वितरणमुखी निर्णयले लोकप्रियता हासिल गर्ने भएकोले अधिकाँश नवनिर्वाचित स्थानीय सरकार प्रमुखहरु लालयित हुँदै यस्ता निर्णय गरे पनि सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु लामाले भने उत्पादनमुखी निर्णय गरेर उदारहणीय बनेका छन् । वितरमुखी निर्णय गरेर लोकप्रियता कमाउनु भन्दा रोजगार र आयआर्जनमार्फत पालिकालाई समृद्ध बनउाने उदेश्यले अध्यक्ष लामाले…

एमालेको प्रतिनिधिले मतपत्र पट्याउन थालेपछि भरतपुरको मत गणना स्थगित

चितवन । नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर भरतपुरकाे मत गणना रोकिएको छ। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्। ‘यो ठूलो इस्यु होइन। नियतशव होइन झुक्किएर गएको हो,’ उनले भने। अहिले…

दस हजार मतले रेनु दाहालको अग्रता

जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८…