चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङसहित सयौं जनाले एमाले प्रवेश गरेका छन् ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरु बिसौनीbisouni.com
Author: बिसौनी
मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिने
मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिनेचैतारा । जिल्ला सदरमुकाम चौतारालाई व्यवस्थित र सुन्दर बनाउनका लागि चौतारा साँगााचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बजार अवलोकन गर्दै संभाव्यताको अध्ययन गर्नु भएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्ययक्ष शिव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी, नगर सभापति इन्द्रलोचन धिताल, माओवादी केन्द्रका श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यद्वय कोमलबहादुर श्रेष्ठ, रामवहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेका हुन् । बजार अवलोकनकोको क्रममा सार्वजनिक शौचालयको…
मृत्युदण्ड जितेर फर्किएका श्रेष्ठ २३ वर्षपछि पुनः शिक्षक
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए । ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए । २३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध…
नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजना
नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजनाचौतारा । जिल्ला भित्रिने मुख्य नाका बन्देउलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने भएको छ ।चौतारा साँगाचोकगढी वडा न ११ मा पर्ने बन्देउलाई पर्यटकीय हबको रुपमा विकास गर्न लागि व्यवस्थित र आधुनिक सहर बसाल्न नगरपालिकाले योजना अघि सारेको हो ।मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्ग र चौतारा बन्देउ सडकको संगमस्थलसमेत रहेको बन्देउ पर्यटकीय क्षेत्र दोलालघाट र सुकुटे क्षेत्रको केन्द्रमा रहेको छ । पर्यटकीय हिसाबले पनि प्रवल संभावना बोकेको बन्देउलाई आर्थिक तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले योजना बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर…
सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थाले
सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थालेचौतारा । सिन्धुपाल्चोक जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।पछिल्लो दुई हप्ताको बीचमा संक्रमितहरुको संख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।संक्रमितहरु मध्य ६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेशनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो ।कारोना भाइरस संक्रमणको चौथो लहर सुरु हुने वित्तिक्कै जिल्लामा पनि संक्रमितहरु पनि बढ्न थालेपछि पिसिआर परीक्षण सुरु हुने पनि उहाँले जानकारी दिनु भयो । बिसौनीbisouni.com
खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प
१५ साउन, काठमाडौं । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दीनु भयाे । क्षतिको विवरण भने आउन बाँकी छ बिसौनीbisouni.com
नयाँ दलको न्वारान गर्दै भ्रष्टाचारीको घण्टी बजाउने उद्घोष गरे रवि लामिछानेले(भिडियोसहित)
काठमाण्डौं । सञ्चारकर्मबाट राजनीतिककर्ममा पाइलो सारेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ दलको घोषणा गरेका छन् । सञ्चारजगतबाट सन्यास लिएका लामिछानेले आज काठमाण्डौंस्थित राष्ट्रिय सभा हलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका हुन् ।राष्ट्रलाई चिनेका तर राष्ट्रले नचिनेका २१ जनाको टोलिसहित नयाँ दल निर्माण गरेको उनले बताए । उनले नयाँ दलको चुनाव चिन्ह्र घण्टी भएको पनि उद्घोष गरे । यो घण्टीले भ्रष्टाचारीको घण्टी बजाउँने छ लामिछाने जोसिँदै भने क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देखियो त्यहाँ ढुँगा हान्नु होला ।जनमत गुमाउँदा गुमाउँदै पनि दलहरुले गठवन्धन गरेर राज्यसत्ताका लागि…
चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल
चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो । चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत…
गठवन्धनमा गद्दारी
चौतारा । एमालेका तर्फबाट उपप्रमुखका उम्मेद्वार बनेका जेपी सिलवालले ११ मत पाइरहँदा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार बनेका गणेश विकले १० मत मात्र पाए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । गठवन्धन अनुसार एमालेसँग ७ भोट र माआवादी केन्द्रसँग ४ भोट रहको छ ।तर गठवन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अझ कन्तविजोग त सदस्यका उम्मेद्वारहरुको भएको छ । यता नेपाली काँग्रेस र समाजवादीको गठवन्धनबाट…
सिन्धुपाल्चोकको २१ सरकारी कार्यालयमा छड्के, ११ कर्मचारी अनुपस्थिति
सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन गरेको छ ।प्रशासन कार्यालयले आज विभिन्न २१ वटा सरकारी कार्यालयमा अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा ६ वटा कार्यालयका ११ जना कर्मचारी अनुपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमाा १ जना गरि जम्मा ११…
