खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प

१५ साउन, काठमाडौं । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दीनु भयाे । क्षतिको विवरण भने आउन बाँकी छ

सिफारिस

प्रतिकृया दिनुहोस्