सिन्धुपाल्चोकमा भोलि हुने कार्यक्रम तालिका

सिन्धुपाल्चोकमा निम्न कार्यक्रमहरु निम्न मिति, समय र स्थानमा हुँदै २०७९ भदौ ३१ गते माओवादी केन्द्र निकट तामाङ मुक्ति मोर्चाको जिल्ला भेला शहीद स्मृति भवन, चौतारामा हुँदै । समय विहान ११ बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ बालमैत्री वडा घोषणा हुँदै । भोलि भदौ २९ गते, विहान ११ बज वडा न १३ स्थित सेतीदेवी मावि परिसरमा हुने घोषणा कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यता रहने छ । बिसौनीbisouni.com

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बल

100 dayes of Chautara Sangachokgadhi municipalaty

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बलचौतारा । स्थानीय सरकारको दोस्रो कार्याकाल अन्तर्गत सय दिन पार भइसकेको छ । खासगरि यो अवधिलाई हनिमुन पिरियडको रुपमा लिने गरिन्छ । यही हनिुमुन पिरियडमा स्थानीय सरकारले सय दिन भित्र के गरे ? कस्ता योजनाहरु बनाए भनेर सर्वसाधरण र सरोकारवालाहरुले चासोका साथ हेर्ने गरिन्छ र यसै दिनभित्रको काम र कार्य योजनामुताविक नै आगामी रणनीति बुझ्ने गरिन्छ । यसै बीच सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले सय दिनभित्र आफूले गरेका काम र योजनाहरु सार्वजनिक गरेको छ ।सुशासनलाई जोड दिंदै टेण्डर प्रकृयालाई यो सय दिनभित्र पारदर्शी…

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका श्रेष्ठ

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठ काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ सहित १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । विगत लामो समयदेखि रेडियो नेपाल, सिंहदरबारमा कार्यारत श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ इर्खु चिलाउनेका हुनुहुन्छ ।महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ ।यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण…

मेलम्ची नगरले सडक बनाइ दिन मेलम्ची खानेपानीलाई गर्यो अनुरोध

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानी विकास समितिसँगआग्रह गरेको छ । सोमवार मेलम्ची नगरपालिकामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको छ । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । बिसौनीbisouni.com

निवर्तमान मेयर तामाङसहित क- कसले एमाले प्रवेश गरे (नामावलीसहित)

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङसहित सयौं जनाले एमाले प्रवेश गरेका छन् ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरु बिसौनीbisouni.com

मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिने

मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिनेचैतारा । जिल्ला सदरमुकाम चौतारालाई व्यवस्थित र सुन्दर बनाउनका लागि चौतारा साँगााचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बजार अवलोकन गर्दै संभाव्यताको अध्ययन गर्नु भएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्ययक्ष शिव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी, नगर सभापति इन्द्रलोचन धिताल, माओवादी केन्द्रका श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यद्वय कोमलबहादुर श्रेष्ठ, रामवहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेका हुन् । बजार अवलोकनकोको क्रममा सार्वजनिक शौचालयको…

मृत्युदण्ड जितेर फर्किएका श्रेष्ठ २३ वर्षपछि पुनः शिक्षक

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए ।  ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए ।    २३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध…

नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजना

नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजनाचौतारा । जिल्ला भित्रिने मुख्य नाका बन्देउलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने भएको छ ।चौतारा साँगाचोकगढी वडा न ११ मा पर्ने बन्देउलाई पर्यटकीय हबको रुपमा विकास गर्न लागि व्यवस्थित र आधुनिक सहर बसाल्न नगरपालिकाले योजना अघि सारेको हो ।मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्ग र चौतारा बन्देउ सडकको संगमस्थलसमेत रहेको बन्देउ पर्यटकीय क्षेत्र दोलालघाट र सुकुटे क्षेत्रको केन्द्रमा रहेको छ । पर्यटकीय हिसाबले पनि प्रवल संभावना बोकेको बन्देउलाई आर्थिक तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले योजना बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर…

सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थाले

सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थालेचौतारा । सिन्धुपाल्चोक जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।पछिल्लो दुई हप्ताको बीचमा संक्रमितहरुको संख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।संक्रमितहरु मध्य ६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेशनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो ।कारोना भाइरस संक्रमणको चौथो लहर सुरु हुने वित्तिक्कै जिल्लामा पनि संक्रमितहरु पनि बढ्न थालेपछि पिसिआर परीक्षण सुरु हुने पनि उहाँले जानकारी दिनु भयो । बिसौनीbisouni.com

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प

१५ साउन, काठमाडौं । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दीनु भयाे । क्षतिको विवरण भने आउन बाँकी छ बिसौनीbisouni.com