असोज २ गते सिन्धुमा कता के हुँदै छ ?

१ ) आत्महत्या न्यूनीकरणका लागि संचेतनात्मक र्यालीजिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा असोज २ गते जिल्ला सदरमुकाम चौताराको भिन्तुना चोकबाट विहान ७ बजे आत्महत्या न्यूनिकरणका लागि प्रभातफेरी र प्रवचन कार्यक्रम रहेको छ । २ ) आदिवासी महिला  उत्थान केन्द्रको अन्तरक्रिया कार्यक्रमआदिवासी जनजाती महिला उत्थान केन्द्रको आयोजनामा आसन्न निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता बिषयक १ दिने अन्तरक्रिया कार्यक्रमकार्यक्रम मिति ः २०७९ /६ / २ गतेस्थान – नगरपालिका सभा हलसमय – विहान ११ बजे बिसौनीbisouni.com

पोखरेमा कार दुर्घटना हुँदा चारजना घाईते

पोखरेमा कार दुर्घटना हुँदा चारजना घाईतेचौतारा । काठमाण्डौंबाट चौतारातर्फ आउँदै गरेको बा २ च ५६७७ नम्बरको कार दुर्घटना हुँदा चालकसहित कारमा सवार चारजना घाइते भएका छन् ।शनिबार बन्देउ चौतारा सडकखण्डको पोखरे भन्ने ठाउँमा कार दुर्घटनाग्रस्त हुँदा कारमा सवार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका २ का ४२ बर्षिय बसन्त गिरी, ३१ वर्षिया प्रतिमा गिरी, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा न २ बस्ने २८ वर्षिय चालक सोनामा तामाङ र २२ बर्षिय राजेश तामाङ घाईते भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइते मध्य चालक सोनाम तामाङ र राजेश तामाङको अवस्था गम्भीर भएको डिएसपी शिवकुमार बुढाथाकीले…

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घले

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा रामबहादुर घलेचौतारा । नेकपा एकीकृत समाजवादी चौतारा साँगाचोकगढी नगर कमिटीको भेला नगर अध्यक्षमा रामबहादुर घलेलाई चयन गरेको छ ।आज भएको भेलाले उपाध्यक्षमा नामगेल लामा, फूलमान तामाङ र गणेश श्रेष्ठलाई चयन गरेको छ ।सचिवमा रामशरण अधिकारी चयन भएका छन् भने सहसचिवमा मनकुमारी खत्री, गणेश खड्का, गंगाराम लामा चयन भएका छन् ।त्यस्तै कार्यालय सदस्यमा मिना थापाm मिनबहादुर श्रेष्ठ र उमा बानियाँलाई जिम्मेवारी दिएको जनाएको छ । बिसौनीbisouni.com

हाम्रो जन्मभूमि सामाजिक संस्थाद्वारा अपाङ्ता बालबालिकाका लागि भोजन र आर्थिक सहयोग हस्तान्तरण

चौतारा । छोटो समयमा नै आफ्नो बेगल पहिचान बनाउन सफल हाम्रो जन्मभूमि समाजिक संस्थाले शुक्रबार एक दिवसिय भोजन कार्यक्रमको आयोजना गरेको छ । समाजिक अभियानमार्फत शिक्षा, स्वास्थ्य र सिंगो मानवताको पक्षमा विभिन्न कार्य गर्दै आइरहेको यो संस्थाले आफ्नो २५ औं कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण आधरभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि भोजन कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले बौद्धिक अपाङगताका अभिभावक संघका अध्यक्ष जानकी श्रेष्ठलाई संस्थाका तर्फबाट बालबालिकाका लागि पोषणयुक्त खाद्यान्न खरिदका लागि…

MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?

MDMS प्रणलीमा दर्ता भएको SMS आयो ?“यो मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भएको छ” । नेपाल दुर सञ्चार प्राधिकरण । यस्तै मेसेज आयो होला आज तपाईको मोबाइलमा । र जसको मोबाइलमा यस्तो मेसेज आएको छ त्यो मोबाइल सेट ब्लक हुने छैन र जसकोमा यस्तो मेसेज आएको छैन त्यस्ता मोबाइल ब्लक पनि हुन सक्छ ।नेपाल दुर सञ्चार प्राधिकरणले विहीबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागु गरेको छ ।मोबाइल सेटको गैरकानूनी आयात, विक्री विगरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी एवम् हराएका मोबाइल सेटको ट्रायाकिङ/ ब्लकिङ गरि नेपालभित्र त्यस्तो मोबाइल नचल्ने व्यवस्था गरिए…

१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडा

१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ पहिलो बालमैत्री वडा बन्न सफल भएको छ ।५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । १०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा यो वडालाई पहिलो बालमैत्री वडाको रुपमा बुधबार एक भव्य समारोहका बीच घोषण गरिएको हो ।बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बन्न सफल भएकोमा…

सिन्धुपाल्चोकमा भोलि हुने कार्यक्रम तालिका

सिन्धुपाल्चोकमा निम्न कार्यक्रमहरु निम्न मिति, समय र स्थानमा हुँदै २०७९ भदौ ३१ गते माओवादी केन्द्र निकट तामाङ मुक्ति मोर्चाको जिल्ला भेला शहीद स्मृति भवन, चौतारामा हुँदै । समय विहान ११ बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ बालमैत्री वडा घोषणा हुँदै । भोलि भदौ २९ गते, विहान ११ बज वडा न १३ स्थित सेतीदेवी मावि परिसरमा हुने घोषणा कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यता रहने छ । बिसौनीbisouni.com

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बल

100 dayes of Chautara Sangachokgadhi municipalaty

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बलचौतारा । स्थानीय सरकारको दोस्रो कार्याकाल अन्तर्गत सय दिन पार भइसकेको छ । खासगरि यो अवधिलाई हनिमुन पिरियडको रुपमा लिने गरिन्छ । यही हनिुमुन पिरियडमा स्थानीय सरकारले सय दिन भित्र के गरे ? कस्ता योजनाहरु बनाए भनेर सर्वसाधरण र सरोकारवालाहरुले चासोका साथ हेर्ने गरिन्छ र यसै दिनभित्रको काम र कार्य योजनामुताविक नै आगामी रणनीति बुझ्ने गरिन्छ । यसै बीच सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले सय दिनभित्र आफूले गरेका काम र योजनाहरु सार्वजनिक गरेको छ ।सुशासनलाई जोड दिंदै टेण्डर प्रकृयालाई यो सय दिनभित्र पारदर्शी…

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका श्रेष्ठ

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठ काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ सहित १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । विगत लामो समयदेखि रेडियो नेपाल, सिंहदरबारमा कार्यारत श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ इर्खु चिलाउनेका हुनुहुन्छ ।महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ ।यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण…

मेलम्ची नगरले सडक बनाइ दिन मेलम्ची खानेपानीलाई गर्यो अनुरोध

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानी विकास समितिसँगआग्रह गरेको छ । सोमवार मेलम्ची नगरपालिकामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको छ । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । बिसौनीbisouni.com