यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पर्यटकीय स्थल ॐ पार्कमा महोत्सव हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको साँस्कृतिक सम्पदा र ऐतिहासिक, पौराणिक स्थल ॐ पार्क ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको हो । धनलक्ष्मी माताको रहस्यमय गुफासमेत रहेको ॐ पार्कमा विश्वकै अग्लो स्तुपा र ध्यानकेन्द्रको स्थापना गर्ने योजना पनि रहेको छ…
Author: बिसौनी
निशुल्क एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्ने हेलम्बुको चेतावनी
बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो । किउल । सरल, सहजरुपमा छिटोछरितो नागरिकहरुले स्वास्थ्य संस्थामा गइ उपचार गरोस भन्ने हेतुले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हेलम्बु गाउँपालिकाले एम्बुलेन्स दुरुपयोगको गुनोसो बढ्न थालेपछि दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने भएको छ ।विगत लामो समयदेखि पालिकाभित्रका सुत्केरी, वृद्धवृद्धा, असाहय, विपन्न, विरामी तथा घाईतेहरुलाई पालिकाभित्र र बाहिरको स्वास्थ्य संस्थामा ल्याउन र लैजान निशुल्क…
नयाँ वर्ष मनाउन दोलखामा पर्यटकको भीड
नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ । दोलखा । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ । नयाँ बर्ष २०८० काे पूर्व सन्ध्यामा धार्मिक एवम् पर्यटकीय स्थल दोलखाका होटलहरु खचाखच भरिन थालेका छन् । विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् । नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु आजै दोलखा आएका छन् । कालिञ्चोक कुरीको होटल व्यवसायी संघका पुर्व अध्यक्ष एवम् होटल…
स्तरोन्नति गरिँदै सुनकोसीका सबै सडक
बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो। सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नुका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ। सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन्। चौतारा । बाहै महिना यातायात सञ्चालन गर्ने उदेश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ।वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो। बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको…
कोरोना संक्रमण नियन्त्रणका लागि नाकामा अभियान सञ्चालन गरिँदै
नवलपरासी। कोरोना संक्रमण बढ्न थालेपछि पश्चिम नवलपरासीमा नियन्त्रणका लागि पूर्व तयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । सातवटै स्थानीय तहका प्रमुख , स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा अभियान सञ्चालनका लागि छलफल गरिएको हो । अभियान अन्तरगत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ एन्टिजेन परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि एन्टिजेन परीक्षण गरिने छ । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति ९डिसिसिएमसी० को परासीमा बसेको बैठकले उच्च सतर्कतासहित एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण तीव्र रुपमा फैलिन…
सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुने
सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुनेचौतारा । सरकारले बर्स्यौनी प्रदान गर्दै आइरहेको विभूषणबाट यो बर्ष सिन्धुपाल्चोकका ९ जना विभूषित हुने भएका छन् ।२०७९ सालको संविधान दिवसको अवसरमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका देशभरीका ९८२ जना मध्य सिन्धुपाल्चोकबाट विभूषित हुनेहरुमा देहावसान भएका २ जनासहित ८ जना पर्न सफल भएका हुन् ।मृत्यु पश्चात् विभूषित हुनेहरुमा मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर स्व सतिशकुमार गोइत र खानेपानी आयोजनाकै स्व राधाकृष्ण थापामगर रहेका छन् । गोइत र थापामगर झण्डै २ बर्ष अगाडि मेलम्ची खानेपानी सुरुङको गेट फुट्दा आएको बाढीमा परि निधन भएको थियो ।गोइत प्रवल जनसेवाश्री र…
मेलम्ची : वडा कार्यालय उद्घाटन
मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष श्रीराम घोरासैनीले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत…
जुगल हिमाल आरोहण गर्न कुनै शुल्क नलाग्ने
काठमाडौं । राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ ।सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो । बिसौनीbisouni.com
प्रेस रजिस्टारमा पून : सापकोटा
सिन्धुपाल्चोक । बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा नियुक्त हुनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभएको हो ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् । बिसौनीbisouni.com
उद्योग बाणिज्य महासंघ निर्वाचनः बाजि मार्ने दाउमा सिन्धुका तीन हस्ती
उद्योग बाणिज्य महासंघको ५७ औं साधारसभाबाट केन्द्रीय सदस्यमा बाजि मार्ने दाउमा छन् सिन्धुका तीन हस्ती बेदबहादुर श्रेष्ठ र रामशरण भण्डारी । जिल्ला र नगर तर्फको खुल्ला केन्द्रीय सदस्यमा श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने एशोसियट सदस्यमा आरएस भण्डारीले । ब्यापार व्यवसाय र सामाजिक अभियानहरुमा सदैव समर्पित श्रेष्ठ , मेडिकल उद्योगी एवम् सामाजिक अभियान्ता भण्डारी र नेपाल कुरियर संघका अध्यक्ष देवेन्द्र खड्का भोलि हुने निर्वाचनमा सशक्त उम्मेद्वारकोरुपमा प्रस्तुत भएका छन् । चाैतारा ।युवा व्यवसायी बेदबहादुर श्रेष्ठ उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाबाट सदस्य पदमा बाजि मार्ने तयारीमा छन् । उद्योग व्यवसायमार्फत…
