रवि लामिछानेका गाडी चालक बाह्रविसेका थापा गम्भीर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका छन्। आज साेमबार बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खसेर उनी घाइते भएका हुन्।  चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।   थापाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। बेलुकी थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष मुकुल ढकालसँगै सुतेका थिए । उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। उनको…

जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुकुटेका सञ्जय सापकोटा

जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुकुटेका सञ्जय सापकोटा काठमाडौं। १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सञ्जय सापकोटा नियुक्त भएका छ्न्। आज आइतबार बसेको सञ्चालक समितिले आगामी ४ बर्षका लागि सापकोटालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो। कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए, जसमध्ये चार जना सर्टलिष्टमा परेका थिए । सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्। बिसौनीbisouni.com

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको भित्तेपात्रो विमोचन ६ गते

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित भित्तेपात्रो विमोचन ६ गते ।चौतारा । सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुँदैछ ।नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रोको विमोचन कार्यक्रम रहेको समाजले जनाएको छ ।केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा विधिवत दर्ता भएको यो गैर सरकारी संस्थाले प्रारम्भमै नयाँवर्ष २०८० सालको शुभकामना आदान-प्रदान तथा प्रकाशित क्यालेन्डरको सार्वजनिक गर्ने योजना अघि सारेको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष न्यौपानेका अनुसार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम यहि बैशाख ६ गते बुधबारको दिन काठमाडौ, पेप्सिकोला, खहरेस्थित सान…

हिमालको फेदैमा स्वास्थ्य शिविर सञ्चालन

हेलम्बु । सिन्धुपाल्चाेक जिल्लाकाे पर्यटकिय हेलम्बुमा आमायाङ्री गुम्बाको नवर्निमित गुम्बा उद्घाटन तथा विशेष पुजा मेलामा निशुल्क स्वास्थ्य शिविर स‍चालन गरेको छ । सो मेलामा उपस्थित सम्पुर्ण लामा गुरु लगायत श्रदालु भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि हेलम्बु गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ३७ सय ७२ मिटर उचाईमा रहेको आमायाङ्रीमा यहि वैशाख १ गतेबाट सञ्चालन भएको स्वास्थ्य शिविर ४ गते सम्म सञ्चालनहुने हेलम्बु १ का वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पाले बताउनुभयो । शिविरमा विशेष गरेर अक्शिजनको लेभलजाँच सुगर, प्रेसर जाँच गर्नुका साथै…

रजिष्टार सापकोटाले लिए पद तथा गोपनियताको सपथ

उनले कानून निर्माण, व्यवस्थित र व्यवसायिक पत्रकारिता, सञ्चार रजिष्टारको कार्यालय मार्फत पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन दर्ता, प्रेसपास वितरण लगायतका कार्य गरे । ३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उनले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिएका हुन् । सापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित…

यो हो पृथ्वीको अन्तिम सडक ! जहाँबाट अन्त्य हुन्छ दुनियाँ !

यो हो विश्वको अन्तिम सडक, जहाँबाट दुनियाँको नै अन्त्य हुन्छ… एजेन्सी । तपाईंले विश्वका धेरै ठाउँहरू भ्रमण गर्नुभएको हुनुपर्छ । के तपाईको मनमा यस्तो प्रश्न आएको छ कि संसार कहाँ समाप्त हुन्छ र संसारको अन्त्य के हो ? यो प्रश्न तपाईको दिमागमा नआएको हुन सक्छ, तर एउटा यस्तो ठाउँ छ जहाँ संसारको अन्त्य हुने विश्वास गरिन्छ । यो ठाउँ संसारको अन्तिम सडक मानिने सडक हो । यो बाटोपछि संसारको अन्त्य हुन्छ भन्ने मान्यता छ । विश्वको अन्तिम सडक मानिने यस सडकको नाम ई–६९ हाइवे हो । यो राजमार्ग युरोपेली देश…

भर्ना अभियानकै मेलाेमा दिल कार्कीको भर्ना अभियान गीत सार्वजनिक(भिडियोसहित)

यसै मेलोमा सार्वजनिक भएको यो गीतलाई विद्यालयले सँगसँगै प्रचारप्रसार गर्न सकियो भने भर्ना अभियान थप प्रभावकारी हुने यस गीतका रचनाकार एवम् गायक दिल कार्कीको धारणा छ । चौतारा । एकातिर शिक्षकको गहन जिम्मेवारी अर्कोतिर कलाकारिताको दायित्व । यही दोभानमा उभिएर साहित्यकार, गायक अनि शिक्षक दिल कार्कीले भर्ना अभियान गीत सार्वजनिक गरेका छन् ।भर्ना अभियान २०८० साललाई लक्षित गर्दै सार्वजिक भएको उक्त गीतले विद्यालय उमेर पुगेका सबै प्रकारका बालबालिकाहरुलाई विद्यालयमा पहुँच बढाउन आग्रह गरेका छन् ।त्यसो त बैशाख ३ गतेबाट देशभरि नै भर्ना अभियान सञ्चालन भएको छ । बैशाख १५ गतेसम्म…

तामाङ सेलो ” खाल्दा निबारी ” सार्वजनिक ( भिडियोसहित)

तामाङ सेलो “खाल्दा निबारी”सार्वजनिक (भिडियोसहित)चौतारा । सुनिरँहू जस्तो मात्र हैन हेरिरहुँ जस्तो पनि लाग्ने तामाङ सेलो भाकाको गीत हिजो भर्खर मात्र सार्वजनिक भएको छ ।पछिल्लो समय सेलो गीतमा धमाका मच्चाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले सार्वजनिक गरेको “खाल्दा निबारी”मा नृत्य पनि उत्तिकै रहर लाग्दो र लोभ लाग्दो पनि छ ।आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने गायक लोप्चनलाई कलाकार बिक्रम लुङ्बा र बिन्दु रुम्बाले नृत्यमा सघाएका छन् ।गीतलाई ओपेरा डिजिटलले आफ्नो युट्युब च्यानलमा बैशाख १ गते सार्वजनिक गरेको…

जुगल आरोहण खुल्ला गरेपछि उत्साह ! बेसक्याम्प भव्य कार्यक्रम

पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् । शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा,…

चौतारादेखि झ्याँडीसम्म कालोपत्रे हुँदै ( टेण्डरसहित )

 नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै झुृण्डिने गरेको परिवेशलाई बागमति प्रदेश सरकारका भौतिक पूर्तवाधार विकास मन्त्री युवराज दुलालको उपस्थितिले चिर्दै आएकाे छ। चाैतारा । पछिल्लाेपटक ग्रमीण सडकहरु स्तोरोन्नति हुने क्रम बढ्दो छ । संघीयताले के लछार्‍यो भन्नेहरुलाई गाउँठाउँको सडकले मुखभरिको जवाफ दिएका थुप्रै उदाहरणहरु छन् । त्यसमाथि प्रदेशको आवश्यकता छैन भन्नेहरुलाई त प्रदेश सरकारबाट भए गरेका विकास निर्माणले अक्क न बक्क बनाएको सहजै अनुमान गर्न सकिन्छ । अझ नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै…