भर्ना अभियानकै मेलाेमा दिल कार्कीको भर्ना अभियान गीत सार्वजनिक(भिडियोसहित)

यसै मेलोमा सार्वजनिक भएको यो गीतलाई विद्यालयले सँगसँगै प्रचारप्रसार गर्न सकियो भने भर्ना अभियान थप प्रभावकारी हुने यस गीतका रचनाकार एवम् गायक दिल कार्कीको धारणा छ । चौतारा । एकातिर शिक्षकको गहन जिम्मेवारी अर्कोतिर कलाकारिताको दायित्व । यही दोभानमा उभिएर साहित्यकार, गायक अनि शिक्षक दिल कार्कीले भर्ना अभियान गीत सार्वजनिक गरेका छन् ।भर्ना अभियान २०८० साललाई लक्षित गर्दै सार्वजिक भएको उक्त गीतले विद्यालय उमेर पुगेका सबै प्रकारका बालबालिकाहरुलाई विद्यालयमा पहुँच बढाउन आग्रह गरेका छन् ।त्यसो त बैशाख ३ गतेबाट देशभरि नै भर्ना अभियान सञ्चालन भएको छ । बैशाख १५ गतेसम्म…

तामाङ सेलो ” खाल्दा निबारी ” सार्वजनिक ( भिडियोसहित)

तामाङ सेलो “खाल्दा निबारी”सार्वजनिक (भिडियोसहित)चौतारा । सुनिरँहू जस्तो मात्र हैन हेरिरहुँ जस्तो पनि लाग्ने तामाङ सेलो भाकाको गीत हिजो भर्खर मात्र सार्वजनिक भएको छ ।पछिल्लो समय सेलो गीतमा धमाका मच्चाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले सार्वजनिक गरेको “खाल्दा निबारी”मा नृत्य पनि उत्तिकै रहर लाग्दो र लोभ लाग्दो पनि छ ।आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने गायक लोप्चनलाई कलाकार बिक्रम लुङ्बा र बिन्दु रुम्बाले नृत्यमा सघाएका छन् ।गीतलाई ओपेरा डिजिटलले आफ्नो युट्युब च्यानलमा बैशाख १ गते सार्वजनिक गरेको…

जुगल आरोहण खुल्ला गरेपछि उत्साह ! बेसक्याम्प भव्य कार्यक्रम

पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् । शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा,…

चौतारादेखि झ्याँडीसम्म कालोपत्रे हुँदै ( टेण्डरसहित )

 नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै झुृण्डिने गरेको परिवेशलाई बागमति प्रदेश सरकारका भौतिक पूर्तवाधार विकास मन्त्री युवराज दुलालको उपस्थितिले चिर्दै आएकाे छ। चाैतारा । पछिल्लाेपटक ग्रमीण सडकहरु स्तोरोन्नति हुने क्रम बढ्दो छ । संघीयताले के लछार्‍यो भन्नेहरुलाई गाउँठाउँको सडकले मुखभरिको जवाफ दिएका थुप्रै उदाहरणहरु छन् । त्यसमाथि प्रदेशको आवश्यकता छैन भन्नेहरुलाई त प्रदेश सरकारबाट भए गरेका विकास निर्माणले अक्क न बक्क बनाएको सहजै अनुमान गर्न सकिन्छ । अझ नेपाली राजनीतिक बृत्तमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान त नेपालीहरुका मुखमुखमा नै…

नयाँ बर्षको पहिलो दिन ओम पार्क महोत्सव हुने

यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पर्यटकीय स्थल ॐ पार्कमा महोत्सव हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको साँस्कृतिक सम्पदा र ऐतिहासिक, पौराणिक स्थल ॐ पार्क ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको हो । धनलक्ष्मी माताको रहस्यमय गुफासमेत रहेको ॐ पार्कमा विश्वकै अग्लो स्तुपा र ध्यानकेन्द्रको स्थापना गर्ने योजना पनि रहेको छ…

निशुल्क एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्ने हेलम्बुको चेतावनी

बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो । किउल । सरल, सहजरुपमा छिटोछरितो नागरिकहरुले स्वास्थ्य संस्थामा गइ उपचार गरोस भन्ने हेतुले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हेलम्बु गाउँपालिकाले एम्बुलेन्स दुरुपयोगको गुनोसो बढ्न थालेपछि दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने भएको छ ।विगत लामो समयदेखि पालिकाभित्रका सुत्केरी, वृद्धवृद्धा, असाहय, विपन्न, विरामी तथा घाईतेहरुलाई पालिकाभित्र र बाहिरको स्वास्थ्य संस्थामा ल्याउन र लैजान निशुल्क…

नयाँ वर्ष मनाउन दोलखामा पर्यटकको भीड

नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ । दोलखा । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ । नयाँ बर्ष २०८० काे पूर्व सन्ध्यामा धार्मिक एवम् पर्यटकीय स्थल दोलखाका होटलहरु खचाखच भरिन थालेका छन् । विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् । नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु आजै दोलखा आएका छन् । कालिञ्चोक कुरीको होटल व्यवसायी संघका पुर्व अध्यक्ष एवम् होटल…

स्तरोन्नति गरिँदै सुनकोसीका सबै सडक

बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो। सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नुका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ। सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन्। चौतारा । बाहै महिना यातायात सञ्चालन गर्ने उदेश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ।वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो। बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको…

कोरोना संक्रमण नियन्त्रणका लागि नाकामा अभियान सञ्चालन गरिँदै

नवलपरासी। कोरोना संक्रमण बढ्न थालेपछि पश्चिम नवलपरासीमा नियन्त्रणका लागि पूर्व तयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । सातवटै स्थानीय तहका प्रमुख , स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा अभियान सञ्चालनका लागि छलफल गरिएको हो ।  अभियान अन्तरगत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ एन्टिजेन परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि एन्टिजेन परीक्षण गरिने छ । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति ९डिसिसिएमसी० को परासीमा बसेको बैठकले उच्च सतर्कतासहित एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो । भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण तीव्र रुपमा फैलिन…

सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुने

सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुनेचौतारा । सरकारले बर्स्यौनी प्रदान गर्दै आइरहेको विभूषणबाट यो बर्ष सिन्धुपाल्चोकका ९ जना विभूषित हुने भएका छन् ।२०७९ सालको संविधान दिवसको अवसरमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका देशभरीका ९८२ जना मध्य सिन्धुपाल्चोकबाट विभूषित हुनेहरुमा देहावसान भएका २ जनासहित ८ जना पर्न सफल भएका हुन् ।मृत्यु पश्चात् विभूषित हुनेहरुमा मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर स्व सतिशकुमार गोइत र खानेपानी आयोजनाकै स्व राधाकृष्ण थापामगर रहेका छन् । गोइत र थापामगर झण्डै २ बर्ष अगाडि मेलम्ची खानेपानी सुरुङको गेट फुट्दा आएको बाढीमा परि निधन भएको थियो ।गोइत प्रवल जनसेवाश्री र…