काठमाडौं । राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ ।
सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।