मेलम्ची : वडा कार्यालय उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ

। मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष श्रीराम घोरासैनीले जानकारी दिनुभयो ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने तामाङको भनाईछ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले वडा कार्यालयको भवन बनेकोमा वडा बासिलाइ आभार ब्यक्त गर्नुभयो । उहाँले कार्यालयमा थप सामग्री तथा संरक्षणको काम गर्नपर्ने भन्दै ति कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । धितालले नागरिकको सहजताका लागि १३ वटै वडामा एकै प्रकारका कार्यालय भवन निर्माण गर्ने र जस्ले गर्दा सेवा प्रबाहमा सहज हुने बताउनुभयो । वडामा अपुग रहेको कर्मचारी पुर्ति गर्नका लागि नगरपालिकाले कर्मचारी ब्यबस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवम् वडा नम्बर १३ का वडा अध्यक्ष श्रीराम घोरासैनीले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यस्लाइ पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो । १ करोड २२ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने छ । कार्यक्रममा  वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, विषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवी र सेवाग्राहीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्