हेटौंडामा बन्ने भयो सञ्चारग्राम

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चारग्राम बन्ने भएको छ ।सञ्चारग्राम निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भएपछि सुविधा सम्पन्न सञ्चारग्राम निर्माण हुन लागेको हो ।सञ्चारग्राम निर्माणका लागि बागमती सरकारले गत वर्ष विनियोजन गरेको रु ५ करोड रकम जग्गा अभावका कारण फ्रिज भएको थियो । चालु वर्षपनि पनि जग्गा व्यवस्थापन नभएकै कारण एक करोड बजेट खर्च हुन नसकेको अवस्थामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रस्तावित निर्माणस्थल (हेटौंडा) को थाना भर्‍याङको आइतबार स्थलगत निरिक्षण गरि जग्गासमेत सुनिश्चित गर्नुभयो । अनुगमनपछि मुख्यमन्त्री कट्टेल र मन्त्रि…

विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताउनुभयो । “विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो…

दहत्तबहत्तर ठेक्का लाग्न छाडेपछि स्थानीय सरकार समस्यामा

सिन्धुपाल्चोक । निर्माण कार्य सुस्त हुन थालेपछि नदीजन्य पदार्थ विक्री हुन छाडेको छ ।सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योगहरु जिल्लामा सञ्चालनमा छन् ।निर्माण कार्य सुस्त हुँदा ती क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टी लगायतका सामग्रहीहरु बिक्री हुन छाडेको हो ।स्थानीय सरकारको मुख्य आन्तरिक स्रोतसमेत रहेको नदीजन्य पदार्थ बालुवा, गिट्टी विक्री हुन छाडेपछि स्थानीय तहहरुको दहत्तर, बहत्तरको ठेक्का पनि लाग्न छाडेको छ ।नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोत दहत्तर बहत्तरबाट रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेका थिए…

टिकटक भाइरल बनाउने हो ? यस्तो गर्नुहोस :

काठमाडौं । यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा भाइरल बन्न चाहनुहुन्छ भने त्यसका लागि यस्तो गर्नुहोस् । १) ह्यासट्यागको प्रयोग गर्नुहोस् स् टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ । २) भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् स्…

समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया

समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया ।साँगाचोक । समावेशी शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्गता भएका बालबालिकालाई बिधालयको पहुँच बढाउँदै समाबेशी शिक्षालाई ब्यवस्थित गर्ने उदेश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ, सिन्धुपाल्चोकको आयोजना र सम नेपाल काठमाडौको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।जनजागृती मावी साँगाचोकमा भएको कार्यक्रममा १४ जना शिक्षक/शिक्षिकाको उपस्थित रहेको संघकी अध्यक्ष जानकी श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा सम नेपालकी सुशीला श्रेष्ठले अपाङ्गताका पहिचान, प्रकार, कारण, पुनर्स्थापना र समावेशी शिक्षा र चुनौति विषयमा प्रशिक्षण दिनु भएको थियो । बिसौनीbisouni.com

लामावगरको अवरोध हट्यो

लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै आयोजनाको बाँधस्थल जाने बाटो खुलेको छ । लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । स्थानीय र आयोजनाबीच जग्गाको क्षतिपुर्ति तत्काल उपलब्ध गराउने, जग्गा फुकुवा गर्ने, तथा लामावगर स्वास्थ्य चौकीलाई भवन उपलब्ध…

पाँच पोखरी डायरी: एक्लै हिँड्दा भेटिएका पाँच छाया

यात्रा लत हो, नशा हो। यात्रा एक मादकता। एक मोह।.. क्रमभंगता।  अझ पदयात्रा? यो एउटा कुख्यात लत भन्छु म।  खैर, लत जे सुकैको होस्, लागेपछि गाह्रो बनाउनु स्वाभाविक हो।  हुन त, कहिलेकाहीँ आफूलाई गाह्रो बनाउनु पनि थेरापी हो। उसो त म परपीडक भन्दा पनि स्वपीडक हुँ। पदयात्रा पनि एक स्वपीडन हो। यद्यपि, जान अन्जानमा परपीडक पनि भए हुँला। एउटा स्वपीडनको बोधार्थ मनोभाव। साथीहरूसँगको योजनामा रहेको पाँचपोखरी पदयात्राले आफैंमा असफलता पाउनु र नेपाल सरकारले सोलो ट्रेकमा बन्देज लगाउनुले केही हतोत्साहित बनाएको त पक्का हो। तर, यसपटक म पछाडि हट्नेवाला थिइनँ। कोही…

उठ्दै कृष्ण मन्दिर !

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित ११४ वर्षपुरानो कृष्ण मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ढलेको चौतारा पूरानो बजारस्थित कृष्ण मन्दिर ढलेको ७ बर्ष पछि बन्न सुरु भएको हो ।पुरातत्व विभाग काठमाडौंले बजेटको विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते शिलान्यास गर्नु भएको थियो ।२०६४ सालमा निर्माण गरिएको कृष्ण मन्दिर पुरानै ढाँचा र शैलीमा बन्ने भएको छ ।पुरातत्त्व विभागले विनियोजित रकम रु १ करोड ३० लाखमा मन्दिर पुनर्निर्माण हुने वरिष्ठ पत्रकार सुरेश कसजूले जानकारी दिनुभयोमन्दिर लगभग असार मसान्तसम्म सम्पन्न…

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगर सभापतिमा गोकुल ढकाल

मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर भेलाले ढकाललाई सभापतिमा चयन गरेको हो । । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने,…

जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित

जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित बनेपा । पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित हुनु भएको छ ।जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको हो ।जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार/ प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो ।…