काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मङ्गलवार साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै घरबाट मङ्गलवार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड…
Author: बिसौनी
सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने
किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । आज न्यायाधीश शिशिरराज ढकालको इजलासले सो सजाय तोकेको हो । अदालतले सन्दीपबाट पीडित किशोरीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । सन्दीपविरुद्धको मुद्दामा ढकालकै इजलासले पुस १३ गते दोषी ठहर गरेको थियो । फैसलामा उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको उल्लेख छ । यसैबीच फैसला चित्तबुझ्दो नभएको भन्दै सन्दीप उच्च अदालत जाने भएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र…
संभावित जोखिम बारे ध्यान दिऔं – प्रजिअ आचार्य
निर्मल बस्नेत (२०८० पाैष २५) सिन्धुपाल्चोक जिल्लाकाे प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जलबायु परिवर्तनसंगै हुजे सितलहर, हिमपात र जाडाेकाे कारण हुन सक्ने संभावित जाेखिमकाे बारेमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् । प्रजिअ आचार्यले जिल्ला बिपद् ब्यवस्थापन समितिकाे बैठककाे अध्यक्षता गर्दै समिति समक्ष यस्तो भनेका हुन् । उनले स्थानीय र जिल्ला बिवद् व्यवस्थापन समितिकाे समन्वय सहितको आपसी तालमेल निरन्तर रहनुपर्ने र साेकाे लागि स्थानीय तहले बिशेष ख्याल गर्नुपर्ने कुरामा जाेड दिएका छन् । मंगलबार सम्पन्न बैठकमा बिपद् पुर्व अनुमान पूर्व सुचना प्रणाली , प्रतिकार्य याेजनाकाे बारेमा केन्द्रित रहेर छलफल भएकाे थियाे…
चौतारा साँगाचोकगढी वडा न १ को सूचना
बिसौनीbisouni.com
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण
सामाजिक अभियानहरुमार्फत सुन्दर, समुन्त र समृद्ध सिन्धुपाल्चोक निर्माण गर्ने हेतुले गठित सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी…
नयाँ धक्का दिएर क्रमभंग गर्ने प्रधानमन्त्रीको उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ धक्का दिएर आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्ष सुरुवात गर्ने बताउनुभएको छ । सुनसरीमा निर्माण गरिएको ४०० केभी विद्युत् सबस्टेशनको आज उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गर्न लागिरहेको सन्दर्भमा आफू नयाँ क्रमभंगको तयारीमा रहेको घोषणा गर्नुभएको हो । ‘म दोस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल शुरु गरेको एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर म क्रमभंग गर्दैछु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । यसमा आफूलाई जनताको साथ र समर्थन रहने पनि उहाँको विश्वास छ । केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि…
प्रथम हिराहरी तेक्वान्दो प्रतियोगिता सुरु, नगरप्रमुख सापकाेटाबाट उद्घाटन
निर्मल बस्नेत चौतारा,६ पाैष २०८० । हिराहरी तेक्वान्दो डाेजाङ चाैताराकाे आयाेजनामा प्रथम हिराहरी जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेगमा पाैष ६ र ७ गते २ दिन चल्ने प्रतियोगिता चाैतारा साँगाचाेकढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले राष्ट्रकाे गाैरव र व्यक्तिको स्वास्थकाे लागि खेल उपयुक्त र अपरिहार्य रहेकाे बताए । जसकाे लागि नगरपालिकाले खेल गतिविधि सञ्चालन र बिकासमा सदैव सहयाेग गर्ने बचनबद्धता जनाए । कार्यक्रममा तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले नेपालकाे खेलकुद क्षेत्रमा अग्रभागमा रहेर खेल गतिविधि सञ्चालन…
भान्सालाई औषधालयको रुपमा लिन सचेतनात्मक कार्यक्रम
भान्सा र खाना एक अर्कामा परिपुरक हुन् । त्यस्तै नै अटुट र गहिरो सम्वन्ध रहेको हुन्छ मान्छेको जीवनसँग भान्सा र खाना । यदि हामीले हाम्रो भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा बुझ्न सकियौ भने, त्यही अनुरुप व्यवहारमा उतार्न सकियौ भने हाम्रा शरीरमा लाग्ने असंख्य रोगहरुबाट हामी मुक्त हुन सक्छौं । यही ज्ञानलाई साझा गर्दै भान्सालाई औषधालय र खानालाई औषधीको रुपमा लिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले आज आमाहरुलाई सचेतनात्मक कार्यक्रमको आयोजना गरेको हो । चौतारा । भान्सालाई औषधालय र खानलाई औषधीको रुप दिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले…
व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ – मन्त्री चित्रकार
निर्मल बस्नेत चौतारा, २०८० पौष ४, वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताएका छन् । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको दाबी गरेका छन् । मन्त्रीले भने हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई…
दुध अडर गर्दा प्राप्त भयो पिसाबले भरिएको बोतल
दुध मगाउँदा पिसाव पनि ल्याइदो रहेछ । यस्तो पनि हुन्छ र ? हुँदो रहेछ । सन्दर्भ बेलायततिरको हो । बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् । मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल…
