चौतारा । लोकतान्त्रिक बाम गठवन्धन सिन्धुपाल्चोकले आगामी राष्ट्रिय सभा निर्वाचनको सवालमा गठवन्धन दलको केन्द्रीय कार्य समितिले गरेको निर्देशनलाई अक्षरस पालना गर्ने निर्णय गरेको छ ।
मंगलबार विपि अध्ययन केन्द्र चौतारामा बसेको. बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठवन्धन दलका साझा उम्मेद्वारलाई जीताउन सबै तह तप्का सकृयका साथ लाग्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, नेकपा समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा र जसपाका जिल्ला अध्यक्ष जगतबहादुर तामाङको उपस्थितिमा भएको बैठकले गठवन्धन दलका संपूर्ण उम्मेद्वाहरुलाई विजयी गराउन संपूर्ण मतदाताहरुलाई अपिल गर्ने निर्णय गरेको माओवादी केन्द्रका संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
यता आज गठवन्धन दलले साझा उम्मेद्वारलाई जिताउन निर्णय गरेता पनि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने यस अघि नै राष्ट्रिय सभा निर्वाचनमा आफू भाग नलिने बताउँदै आएका छन् ।