निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा

निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा

निश्चल बने क्रान्तिकारी विद्यार्थीका नयाँ नेता । राष्ट्रियतामाथि घेरावन्दी – उपाध्यक्ष सापकोटा

चौतारा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल सञ्जेल चयन हुनु भएको छ ।


शनिबार चौतारामा सम्पन्न क्रान्तिकारी विद्यार्थीको २० औं सम्मेलनले ६५ सदस्यीय नयाँ कार्यसमितिसहित सञ्जेललाई जिल्लाभरबाट भेला भएका क्रान्तिकारी विद्यार्थीहरुले सर्वसम्मतरुपमा आफ्ना नयाँ नेताको रुपमा चयन गरेको हो ।


उपाध्यक्षमा भने पदीप पराजुली, सुदीप श्रेष्ठ र कमला न्यौपाने चयन भएका छन् । सचिवमा प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपााने चयन भएका छन् । मञ्जु नेपाल कोषाध्यक्षमा निर्वाचित भएका छन् ।


सम्मेलनलाई माओवादी केन्द्रका उपाध्यक्ष एवम् निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनलाई सम्वोधन गर्दै उपाध्यक्ष सापकोटाले अब बाँकी आफ्ना समय विचार निर्माणमा समर्पण गर्ने बताउनु भयो । विचार निर्माण नै पार्टी निर्माण भएको भन्दै उहाँले विचार निर्माणले सिंगो देश नै निर्माण हुने धारणा राख्नु भयो । उहाँले पार्टीले शीघ्र नै विधान सम्मेलन गर्न लागेको जानकारी दिंदै विद्यान सम्मेलनबाट आएको विद्यान समाजवाद उन्मुख मात्र नभइ सिंगो देशकै संविधानलाई गाइड गर्ने खालको हुने बताउनुभयो । उपाध्यक्ष सापकोटाले राष्ट्र र राष्ट्रियता घेरावन्दीमा परेको उल्लेख गर्दै विद्यार्थीहरुलाई राष्ट्र र राष्ट्रियताका लागि वलिदान दिन मानसिकरुपमा तयार रहन पनि आग्रह गर्नुभयो ।


प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले संसदमा दर्ता भएको शिक्षक विद्येयक उपयुक्त नभएको भन्दै त्यसका लागि आफूहरुले संसदमा आवाज बुलन्द गर्दै आइरहेको बताउनु भयो । उहाँले आफ्ना आवाजलाई दबाएर विद्येयकलाई अगाडि बढाउन खोजे सडकमा सहकार्य गर्न पनि आफूहरु तयार रहेको प्रतिवद्धता जाहेर गर्नुभयो । बागमति प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले हरक्षणमा विद्यार्थीहरुले नेतृत्वदायी भूमिकाको विकास गर्दै आफ्ना उपस्थितिलाई शसक्त बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री दुलालले शिक्षा प्रणाली परिवर्तनमा मात्र नभइ राष्ट्र निर्माणमा पनि विद्यार्थीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनलाई दिपेश पुन, केन्द्रीय उपाध्यक्ष पवन कार्की लगायतका वक्ताहरुले सम्वोधन गर्नुभएको थियो । सम्मेलनको उद्घाटन सत्र अध्यक्ष क्षितिज तामाङको अध्यक्षतामा र सचिव सुवास गौतमको सञ्चालनमा भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्