चौतारा । तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा न ९, काँडेमा टिपर दुर्घटना हुँदा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी वडा न ५ पुरानो बजारका साजु श्रेष्ठसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका वडा न १५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा न ५ चौताराका १९ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ विगत केही समयअघि डोजर अपरेटको रुपमा काम गर्न संखुवासभा गएका थिए ।
प्रहरीका अनुसार, मादी नगरपालिका(४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र बिष्णु थामी घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ(बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६स्३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइतेहरुलाई उपचारका लागि बसन्तपुर अस्पताल पुर्याइएको थियो ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।