
निर्मल बस्नेत (२०८० पौष २५)
चौतारा । सेतीदेबी माध्यमिक बिद्यालयको ७१ बार्षिकोत्सव, अभिभावक भेला, २४ औँ भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोह एक कार्यक्रमकाबिच सम्पन्न भएको छ ।

बार्षिककोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमूख अतिथी सिन्धुपाल्चोक क्षेत्र नं १ प्रनिनिधीसभा सदस्य माधब सापकोटा सुबोधले स्याउलेबासीले आफुलाई राजनीतिको उचाईमा पुर्याउन सामाजिक रुपमा अहम् भूमिका खेलेको भन्दै स्याउलेबासीलाई धन्यबाद व्यक्त गरे ।

उनले स्याउलेको जनमत लिन नपाएपनि बिगतको सहयोग र टिकट प्राप्तीको क्षणमा रचनात्मक उत्प्रेरणा र हौसला दिएर सहयोग गरेको स्मरण गरे । बर्तमान बिद्यालय शिक्षा बिद्येयक ऐन संसदमा पेश भएको छ जानकारी दिदै संसद सापकोटाले उक्त बिद्येयक पर्याप्त नरहेको र बस्तुवादी नभएकोले संसोधनको लागि प्रतिनीधिसभामा संसोधन दर्ता पेश गरेको बताए ।

उक्त बिद्येयक संसोधन गरि आम नागरिकको पक्षमा उभिएर वर्तमान आवश्यकता पुरा गर्ने, शैक्षिक गुणस्तर बृद्धि गरि दक्ष जनशक्ति निर्माण गर्न आफुले संसदमा शसक्त भूमिका निर्वाह गर्ने संसद सापकोटाले जिकिर गरे ।

हाम्रो गाउँबाट शहर र शहरबबाट बिदेश जाने र देशको सामाजिक , आर्थिक स्थीती भयाभह हुने जुन कल्चर बिककास भईरहेको छ त्यो रोक्नुपर्दछसा सांसद सापकोटाले भने आम नवजवानहरुको बिदेशमोह रोकेर स्वदेशमै केहि गर्न सक्ने वातावरण सिर्जना गर्नुको विकल्प छैन

बि.स. २०१० सालमा बिद्यालयको संस्थापक स्व.धनबहादुर जोशीको घरको पिढीबाट पठनपाठन हुदैै संचालनमा आएको बिद्यालय हाल सुबिधासम्पन्न भवनमा संचालित छ । उत्तरमा जुगल हिमाल, दक्षिणमा ईन्द्रवती , पूर्वमा चौतारा र पश्चिममा पाँचपोखरीको सौन्दर्यको बिच पहाडको काँखमा अवस्थित बिद्यालय , रमणीय शान्त र वालमैत्री छ । चौतारा स्याउले सडकको छेउमा नै निर्मित बिद्यालयमा स्याउले, बतासे, इन्द्रावतीको सिम्पालकाभ्रे र जुगल गाउँपलिकाका बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको छ । गाउँगाउँका बिद्यालयमा वालवाललिका न्यून रहेर बिद्यालयहरु आपसमा मर्ज गर्नुपर्ने अवस्थाहरु धमाधम सिर्जना भईरहेको प्रशस्तै उदाहरण भेटिन्छन् । सवैको रोजाई शहरबजारको बसाई सहितको अध्ययन र सुविधा रहेको पाईन्छ । सेतीदेबीमा भने त्यसको प्रभाव परेको देखिन्न ।

जिल्लाको सदरमूकाम चौतारा नजिकै रहेता पनि यहाँको विद्यालयमा ५ सय ३४ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यो अन्य ग्रामिण भेगको बिद्यालयको तुलनामा अधिक नै हो । सेतीदेबीका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गरिरहेका छन् । जसको प्रभाव बिद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा सलिना श्रेष्ठको समारोहमा गरिएको प्रस्तुत मन्तव्यबाट पनि प्रष्ट भएको थियो । बिद्यालयको प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयको आफ्नै नाममा १२ रोपनी २ पैसाको जग्गामा रहेका उल्लेख गरेका छन् । आफ्नै स्वामित्वमा जग्गा भएकोले भौतिक संरचना निर्माण गर्न सहज भएको पाईएको छ । सुविधासम्पन्न भवनमा बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, १ हजार ४ सय पुस्तकसहित व्यवस्थित पुस्तकालयको व्यवस्थापन रहेको छ ।

बिद्यालयमा तहगत शिक्षक २६ र २ जना कार्यालय सहयोगि गरि २८ जान कर्मचारी रहेका छन् । बिबिध सास्कृतिक कार्यक्रमका बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पु्रयाउनेहरु, तहगत रुपमा छनोट भएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै स्याउले धाउखानी निवासी समाजसेवी रामजी थापा र थापा बुक्स चौताराका प्रोपाईटर कुमार थापाले बार्षिक रुपमा गरिब तथा जेहेन्दार छात्राबृति उपलब्ध गराउदै आईरहेका छन् । कार्यक्रमका बिच ग्लोबल आईएमइ बैंक चौताराको तर्फबाट शाखा प्रवन्धक नविन श्रेष्ठले १ छात्र र १ छात्रा गरि २ जनालाई रु.३ हजारका दरले ६ हजार प्रदान गरेका थिए । त्यस्तै पूर्व प्रद्यानाध्यापक केशबलाल श्रेष्ठले विद्यालयमा नियमित आई चासो र निरानी राख्ने अभिभावकहरुलाई रु ५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उक्त पुरस्कार बिद्यालयमा सवैभन्दा बढी उपस्थित हुने प्रथम, द्धितिय, तृतीय र चतुर्थ हुनेलाई प्रदान गरिने बिद्यालयले जनाएको छ ।
अझ रोचक कुरात यहाँको बिद्यालय व्यवस्थापन समिति निरमाया तामाङको अध्यक्षतामा सम्पूर्ण सदस्यहरु महिलाहरु मात्र छन् । मात्र सदस्य सचिव प्रधानाध्यपक भने पुरुष छन् । महिलाहरुको व्यवस्थापन समिति रहेकोले समिति निर्माणयता बिषेस चासोका साथ यस विद्यालयलाई लिएको पाईन्छ ।

शिक्षक रामहरी शर्मा र पंञचलाल श्रेष्ठको उद्घोषणमा सञ्चालित ७१ औँ बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल, बुद्धिजीबी, समाजसेबी, जग्गादाता,चन्दादाता, शिक्षक, बिद्यार्थी, अभिभावक र संचारकर्मीहरुको सहभागितामा भव्यताकासाथ सम्पन्न भएको थियो ।