निर्मल बस्नेत (२०८० पाैष २५)
सिन्धुपाल्चोक जिल्लाकाे प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जलबायु परिवर्तनसंगै हुजे सितलहर, हिमपात र जाडाेकाे कारण हुन सक्ने संभावित जाेखिमकाे बारेमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।
प्रजिअ आचार्यले जिल्ला बिपद् ब्यवस्थापन समितिकाे बैठककाे अध्यक्षता गर्दै समिति समक्ष यस्तो भनेका हुन् ।
उनले स्थानीय र जिल्ला बिवद् व्यवस्थापन समितिकाे समन्वय सहितको आपसी तालमेल निरन्तर रहनुपर्ने र साेकाे लागि स्थानीय तहले बिशेष ख्याल गर्नुपर्ने कुरामा जाेड दिएका छन् । मंगलबार सम्पन्न बैठकमा बिपद् पुर्व अनुमान पूर्व सुचना प्रणाली , प्रतिकार्य याेजनाकाे बारेमा केन्द्रित रहेर छलफल भएकाे थियाे ।
बहुसंख्यक मानिसहरुले बिद्धुतिय हिटर जाडाेमा बढी प्रयाेग गर्ने हुँदा सावधानी र सतर्कता अपनाउनुपर्ने, काेभिडकाे नयाँ भेरियन्ट जेई १ काे संक्रमण बढ्दै गएकाेले स्वास्थ संस्थामार्फत सचेत रहन आग्रह गर्ने , जिल्लाकाे समस्या समाधानको लागि प्रदेश र संघिय सरकारमा आग्रह गर्ने लगायतको बिषयमा निर्णय भएकाे छ ।
बिपद्मामा सिन्धुपाल्चोक १० बर्षकाे संगालाे प्रकासनकाे तयारीमा रहेकाेले स्थानीय तहवाट बिवरण उपलब्ध गराउन आग्रह गरिएको छ । मनसुनजन्य बिपद्का लाभग्राहीहरुलाई पुननिर्माण र पुनस्र्थापनाकाे लागि निकासा भएकाे रकमकाे अनुमाेदनसमेत गरिएकाे छ । स्थानीय तहकाे बिपद् व्यवस्थापन सक्रिय बनाउने कुरा लगायत बिषयहरुमा छलफल भएकाे थियाे ।