सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई महिलाको निधनसिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बाह्रबिसे नगरपालिका वडा न ७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।बाह्रबिसेतर्फबाट जाँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेरो जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीका अनुसार चालक बिक्रम थापासहित बाह्रबिसे–७ कै गोपाल थापा, खड्गकुमारी श्रेष्ठ, पुष्कर थापा गरि ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको…
Author: बिसौनी
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा काँग्रेस महामन्त्रीको आपत्ति
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः गल्ती दोहोर्याएको आरोप लगाएका छन् । उनले राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी भएको तर प्रधानमन्त्री प्रचण्डले खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए । विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनका विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले भागबण्डाको आधारमा उपकुलपति नियुक्ति गर्न खोजेर पुनः गल्ती दोहोर्याएको महामन्त्री थापाको दावी छ । उनले भने, ‘अहिले नामहरु हतारहतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने जसरी योभन्दा पहिला दलहरुको बीचमा विश्वविद्यालयको भागबण्डा…
मैत्रीपूर्ण महिला फूटबलको उपाधि शिक्षिकालाई
लगत्तै जनप्रतिनिधिहरुले गोल गरेपछि खेल उत्कर्षतिर मोडिएको थियो चौतारा । नगर महिला सञ्जाल चौतारा साँगाचोकढी नगरपालिकाद्वारा आयोजित मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको उपाधि नगर शिक्षिकाका समूहले जीत्न सफल भएको छ । चौतारा टुँडिखेलमा दुई दिनदेखि जारी प्रतियोगितामा प्रतिस्पर्धी टीम महिला जनप्रतिनिधि विरुद्ध २ गोल गर्दे महिला शिक्षकले उपाधि हात पार्न सफल भएको हो । उपविजेता जनप्रतिनिधिले १ गोल गर्न सफल भएको थियो । खेलको सुरुआति चरणबाट नै दबाबमा राख्न सफल शिक्षिकाको टिमले पहिलो हाफमा नै १ गोल गर्न सफल भएको थियो । पाएको पेनाल्टिको अवसरलाई गोलमा परिणत गर्दै खाता खोले पनि…
छगाम आनीको ध्यानी जिन्दगानी
आनीको ध्यानी जिन्दगानी मानिसले एकाध घण्टा योग वा ध्यान गर्छन्। दैनिक केही घण्टा योग र ध्यान गर्दा विचार र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। सायद, तपाईंले पनि दैनिक केही समय यस्तो कार्य गरेको हुनुपर्छ। तर, दैनिक लामो समयसम्म ध्यानमा बसेर जीवन बिताउनु कठिन कुरा हो। जीवनभर विवाह नै नगरी दैनिक १२ घण्टाभन्दा बढी ध्यान र अध्ययनमा बिताएको जिन्दगानीबारे पंक्तिकारले तयार पारेको आलेख पढ्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। विषयवस्तु सत्य हो। वरिपरि आधा हिउँले खाएको आधा हरियाली रुखले ढाकेको चट्टाने डाँडा। बस्तीमाथि घनघोर जंगल। ओरालो परेको केही समथर जमिनबीच ठडिएको गुम्बैगुम्बाको गाउँ। नेपाल…
महिला फूटबल प्रतियोगिता: शिक्षिका र जनप्रतिनिधि फाइनलमा
चौतारा ! चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधि र शिक्षिकाको समूह फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि यी दुई टिमबीच भोलि भिड्न्त हुनेछ । पत्रकार / बैंकर्सको संयुक्त प्यानललाई हराउदै शिक्षिकाको समूह फाइनलमा प्रवेश गरेको हो । पत्रकार र बैंकर्स को समूहलाई दुई गोलले पराजित गर्दै शिक्षिकाको समूह विजयी भएको हो। त्यस्तै आज भएको महिला जनप्रतिनिधि र महिला कर्मचारी बीचको प्रतिस्पर्धामा महिला जनप्रतिनिधि विजयी भएको छ। ३० मिनेटको निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा खेल टुङ्गिएको थियो। टाइब्रेकरमा जनप्रतिनिधिका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापासहित अन्य २ जना खेलाडीले गोल…
जनप्रतिनिधिले जालझेल गरेको भन्दै कर्मचारीकद्वारा खेल बहिष्कार
यदपी मैत्रीपूर्ण खेल भएको कारण यस्ता विषयलाई इसु बनाउने नहुने उपमेयर सीता थापा बताउनु हुन्छ । चौतारा । जनप्रतिनिधिहरुले नक्कली खेलाडी घुसपैठ गरेको थाह भएपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् । चौतारामा जारी महिला फूटबल प्रतियोगितामा महिला जनप्रतिधिहरुले जनप्रतिनिधि भन्दै ३ जना छात्रालाई खेलमा सहभागि गराएपछि उनीहरुले खेल बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।आइतबार चौतारा साँगाचोेकगढी नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकै कर्मचारीबीच भिडन्त भएको थियो । ३० मिनेटको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा २ गोलको विरुद्ध ३ गोल गर्दै जनप्रतिनिधि विजयी भएपछि कर्मचारीहरुले नक्कली…
मैत्रीपूर्ण महिला फूटबल प्रतियोगितामा कर्मचारी र पत्रकार / बैंकर्सको संयुक्त टोली विजयी
चौतारा ! आज भएको चौतारा साँगाचोकगढी नगर स्तरिय मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको पहिलो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाका महिला कर्मचारी विजयी भएको छ ।आयोजक संस्था नगर महिला संजाल विरुद्ध शुन्यको विरुद्ध ३ गोल गर्दै कर्मचारीले विजय हासिल गरेको हो ।खेलको शुरुआतदेखि नै संजाललाई दवावमा राख्न सफल कर्मचारीका तर्फबाट जर्सी न ५ की खेलाडी मन्जु रोक्का मगरले २ गोल र जर्सी नम्बर ४ की दीपा खड्गी श्रेष्ठले गोल गरेकी थिइन् ।त्यस्तै दोस्रो खेल अन्तर्गत भएको प्रतियोगितामा सञ्चारकर्मी सम्झना कार्कीले गरेको गोले नै निर्णायक गोल बन्यो ।पत्रकार र वित्तीय संस्थाको संयुक्त टोलि र…
चौतारा अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल
न्यूनतम सेवा मापदण्डमा ९२ प्रतिशत सहित उत्कृष्ट चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरि नेपाल कै उकृष्ट हुन सफल भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल…
सिद्धिको जन्मोत्सव सम्पन्न । शिक्षाको नाममा विदेशिने फेशन बढ्यो– मन्त्री दुलाल
चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले विदेशमा हुने शिक्षा नेपालमा नै प्राप्त हुने बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सवमा सम्वोधन गर्दै मन्त्री दुलालले नेपालमा नै पढाइ राम्रो भए पनि विदेशमा पढ्न जाने फेशन चलेको बताउनुभयो । नेपालमा नै राम्रो पढाई हुन्छ, नेपालमा नै गुणस्तरिय शिक्षा पाइन्छ तर पनि शिक्षाको नाममा विदेश जाने फेशन चलेको मन्त्री दुलालले भन्नुभयो । उहाँले नेपालमा नै विद्यार्थीलाई रोक्नका लागि राज्यको तहबाट शैक्षिक नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरु चुनौतिको रुपमा…
समाजसेवी धितालद्वारा शैक्षिक श्रीवृद्धिका लागि अक्षयकोष स्थापना
जिल्लाकै पहिलो सिए रमेश धितालद्वारा सिद्धिगणेश माध्यमिक विद्यालयको शैक्षिक समृद्धिका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । जिल्लाको विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आउनु भएका धितालले शुक्रबार सिद्धिगणेशको २६ औं बार्षिकोत्सव समारोहमा अक्षयकोष स्थापनfको घोषणा गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ नेपाने निवासी रमेश धितालले एक लाख २० हजारको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उहाँले १ लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएको हो ।शुक्रबार विद्यालयको ६२ औं बार्षिकोत्सवको अवसरमा समाजसेवी धितालले अक्षयकोषका…
