काठमाडौं, १८ माघ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणलमा पक्राउ गरिएको बताइएको छ । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । विनोद चौधरीले यसरी हत्याएका थिए १० रोपनी सरकारी जमिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणका नाममा अदालतको आदेशबमोजिम पक्राउ पुर्जी जारी गरेको छ ।…
Author: बिसौनी
नगरस्तरिय फूटबल प्रतियोगिताको पहिलो खेलमा ज्ञानमन्दिरलाई सफलता
नगरस्तरिय फूटबल प्रतियोगिताको पहिलो खेलमा ज्ञानमन्दिरलाई सफलताचौतारा । आजबाट सुरु भएको दोस्रो चौतारा स्पोर्टिङ क्लब नगरस्तरिय मावि सेभेन ए साइड फूटवल प्रतियोगिताको पहिलो खेलमा ज्ञानमन्दिर नमूना माध्यमिक विद्यालय विजयी भएको छ ।ज्ञानमन्दिर मावि र कालिदेवी मावि कदमबासबीच भएको पहिलो खेलमा ४ गोलसहित ज्ञानमन्दिर विजयी भएको हो । कालीदेवीले भने कुनै गोल गर्न सकेन ।चौताराको टँुडिखेलमा २० गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा १४ वटा माविको सहभागिता रहेको छ ।प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले बढ्दो खेलकुद गतिविधिसँगै चौतारा साँगाचोकगढी नगरपालिकाका खेलाडीहरुले एकपछि अर्को…
बालकल्याण आधारभूत विद्यालयको ३८ औं बार्षिकोत्वस सम्पन्न
बालकल्याण आधारभूत विद्यालयको ३८ औं बार्षिकोत्वस सम्पन्न चौतारा । चौतारा साँगाचोकगढी नगरापालिका वडा न ५ हुन्द्रुङस्थित बालकल्यण आधारभूत विद्यालयले आफ्नो ३८ औं बार्षिकोत्सव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा सोमबार विद्यालयले ३८ औं बार्षिकोत्सव मनाएको हो । सो अवसरमा मेयर सापकोटाले नगरपालिकाबाट निशुल्क शिक्षा, परीक्षा, बुहारी शिक्षा, विद्यालय मर्ज जस्ता महत्वपूर्ण कार्यको थालनी भइसकेको जानकारी दिंदै आगामी दिनहरुमा त्यही उपलव्धीको आधारमा टेकेर शिक्षामा देखिने गरि परिवर्त ल्याउने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यही सफलताको आधारमा टेकेर हामी आगामी वर्ष शिक्षाको गुणस्तरियताका लागि थप फड्को मार्नेछौं –…
विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका खेलकूद विकास समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई शिल्ड तथा ट्रफी हस्तान्तरण गरेको छ । जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकद्वारा आयोजित दसौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचाकगढी नगरपालिकाले ४१ स्वर्णपदकसहित प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा प्राप्त शिल्ड तथा ट्रफी सोमबार प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । सुवर्णलाल श्रेष्ठ, प्रकाश दंगाल, रमेश गुरुङ, सविन दंगाल लगायतका प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगरप्रमुख सापकोटालाई हस्तान्तरण गरेका हुन्…
मोनालिसाको चित्रमा जलवायु अभियन्ताले फाले सुप
पेरिस, १५ माघ । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए। दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् । सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् । पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही…
अध्यक्ष ओलीबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुने
अध्यक्ष ओलीबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुनेचौतारा । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिबाट हुने भएको छ । स्थानियता झल्काउने नवनिर्मित भवनको अध्यक्ष ओलिबाट यही माघ १७ गते बुधबारको दिन उद्घाटन हुने गाउँपालिकाले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ मा निर्मित भवनको विहान १० बजे एक समारोहकाबीच अध्यक्ष ओलिबाट उद्घाटन हुने पालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । (तस्वीर : ( देवराज सुवेदी ) बिसौनीbisouni.com
माओवादीमा नेता बन्न मारामार
सुदूरपश्चिम प्रदेशमा दलको नेता कसलाई बनाउने भन्ने विवादले सत्तारुढ नेकपा माओवादी केन्द्रमा किचलो चर्किएको छ । असन्तुष्ट खेमाले बहुमत जुटाएर खगराज भट्टलाई दलको नेताबाट हटाएपछि माओवादी विवाद ‘क्लाइमेक्स’ मा पुगेको हो । अस्ति शुक्रबार संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरेको थियो । तर,आज बसेको प्रदेश पदाधिकारी बैठकले तत्काल सो निर्णय सच्याउन निर्देशन दिएको छ । धनगढीमा बसेको बैठकले पार्टीको विधि विपरित र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै निर्णय सच्चाउन भनेको हो । उक्त निर्णयबारे जानकारी गराउन प्रदेश…
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी
काठमाडौँ, १४ माघ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो । यो हारसँगै बार्सिलोना लिगमा शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अंकले पछाडी रहेको छ । जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउदै आफुले ३० जुनपछि क्लब छोड्ने बताएका छन्…
नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली
काठमाडौं, १४ माघ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो । लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुराउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुराए पनि लोड पर्ने खालको लागि बत्ति नपुगे पछि डाडाँगाउँले…
हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न
चौतारा । हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडीहरुलाई सम्मान गरिएको छ । हिराहरि तेक्वान्दो डोजाङ , सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाइ सम्मान गरिएको हो ।नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्जन थापा मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको थियो । रातो पेटीबाट रातो…
