मैत्रीपूर्ण महिला फूटबलको उपाधि शिक्षिकालाई

लगत्तै जनप्रतिनिधिहरुले गोल गरेपछि खेल उत्कर्षतिर मोडिएको थियो


लगत्तै जनप्रतिनिधिहरुले गोल गरेपछि खेल उत्कर्षतिर मोडिएको थियो

चौतारा । नगर महिला सञ्जाल चौतारा साँगाचोकढी नगरपालिकाद्वारा आयोजित मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको उपाधि नगर शिक्षिकाका समूहले जीत्न सफल भएको छ ।


चौतारा टुँडिखेलमा दुई दिनदेखि जारी प्रतियोगितामा प्रतिस्पर्धी टीम महिला जनप्रतिनिधि विरुद्ध २ गोल गर्दे महिला शिक्षकले उपाधि हात पार्न सफल भएको हो । उपविजेता जनप्रतिनिधिले १ गोल गर्न सफल भएको थियो ।


खेलको सुरुआति चरणबाट नै दबाबमा राख्न सफल शिक्षिकाको टिमले पहिलो हाफमा नै १ गोल गर्न सफल भएको थियो । पाएको पेनाल्टिको अवसरलाई गोलमा परिणत गर्दै खाता खोले पनि दोस्रो हाफमा भएको पेनाल्टि भने खेर गएको थियो । लगत्तै जनप्रतिनिधिहरुले गोल गरेपछि खेल उत्कर्षतिर मोडिएको थियो । तर खेलको झण्डैं अन्तिम समयतिर शिक्षिकको टीमले गोल गर्न सफल भएपछि भने उपाधि शिक्षिकाका पोल्टामा गएको हो ।


खेलमा झेल भएको भन्दै नगर महिला कर्मचारीहरुले खेल बहिष्कार गरेपछि पत्रकार र बैंकर्षको संयुक्त टोलि तृतीय भए । ८ं३० मा सुरु गर्ने भनिएको प्रतियोगितामा १०ः३० बजेसम्म पनि नगर महिला कर्मचारी मैदान नआएपछि संयुक्त टोलिलाई तृतीय भएको घोषणा गरेको हो ।


विजयी खेलाडीलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफी हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले प्रतियोगिता महिला सशक्तिकरणका लागि सार्थक सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


उपप्रमुख सीता थापाले खेलकूदमा महिलाहरुको पहुँच बढाउनका लागि नगरपालिका सहयोग र समन्वय गर्न तयार रहेको धारणा व्यक्त गर्नु भयो । सञ्जलकी अध्यक्ष जानूका पराजुलीको सभाध्यक्षमा भएको समापन समारोहमा अनुसन्धान प्रमुख राजन प्रजापति, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ र वडा न १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।
सञ्चालन सञ्जालकी सचिव तारादेवी रानाले गर्नुभएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्