काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् । बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको हो…
Author: बिसौनी
पहिलो दिन,सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई लगाइयो खोप
दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई खोप लगाइएको छ । जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप दिने उदेश्यका साथ सोमबारबाट सुरु भएको अभियानमा आज मात्र ४ हजार ६८ जना बालबालिका ले खोप सेवा पाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । कार्यलय प्रमुख दुर्गा बजगाईँका अनुसार १ हजार ९ सय ९१ जना बालिका र २ हजार ७७ जना बालकलाई यो खोप लगाइएको छ ।जिल्लाको १०३ वटै वडामा संचालित यो अभियान फागुन १९ गतेसम्म जारी रहनेछ । ९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई…
म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)
सिन्धुपाल्चोक । समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको थली परेको जमिन ! वरिपरि ढुङ्गाले घेरिएको पौराणिक किल्ला ! उत्तरतिरका सेताम्मे हिम शृङ्खला । सहजै देख्न सकिने चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार ! यार्मासिंग गाउँका सुन्दर बस्तीहरू ! अलिपर पूर्वतिर फुल्पिङकट्टिका छिटपुट गाउँहरू, पश्चिममा धारापानी र लिस्तिकोट ! तलतल आफ्नै सुरमा हस्याङफस्याङ बग्दै गरेको भोटेकोसी नदी ! प्राकृतिक सुन्दरताका अनुपम घुम्टो ओढेर वर्षोदेखि पर्यटकको पर्खाइमा बसेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुग्ने जो कोहीलाई पनि यी र यस्तै दृश्यहरूले स्वर्गानुभूति हुन सक्छ । परन्तु सुन्दरताले भरिभराउ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका, वडा न…
चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु
चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरुचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ । अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा…
अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित
लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि यादव स्वतः निलम्बन भएका हुन् । प्रदेश सभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित यादवसमेतलाई प्रतिवादी बनाई आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति…
सिन्धुपाल्चोकका विद्यालयहरुमा क्यारियर काउंसलिंग कार्यक्रम सुरु
व्यवस्थापन विषय लिएर प्लस टु अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीमा आवद्ध गराउने उद्देश्यले Career Clarity सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम निशुल्करुमा संचालन भएको छ ।जिल्लाकै पहिलो चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धितालले निःशुल्क रुपमा अन्तर्कृयाको सहजीकरण गर्नुभएको हो। समाजसेवीको रुपमा पनि परिचित चौतारा साँगाचोकगढी ७ नेपाने निवासी धितालले सिद्धि गणेश माध्यमिक विद्यालय सानोसिरुबारीबाट यो कार्यक्रम को सुरुवात गरेको विद्यालयले जानकारी दिएको छ ।विद्यार्थीहरूलाई नियमित पढाइ बाहेक अन्य तालिममा जोड्दै कलेज सकिएपछि सिधै रोजगारीमा जोड्नका लागि तालिम महत्वपूर्ण हुने प्रशिक्षक धितालले बताउनुभयो। सेयर बजार, कर, बैंकिङ, बीमा लगायत अन्य विषयमा केन्द्रीत रही अन्तर्कृयामार्फत विद्यार्थीलाई प्रशिक्षित गर्ने…
सूचना संप्रेषणमा कुनै विलम्व हुने छैन – प्रहरी उपरीक्षक खड्का
सिन्धुपाल्चोक संभावना नै संभावना बोकेको जिल्ला भएको भन्दै यसलाई सारर्थकतामा पु¥याउनका लागि शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रणले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो । चौतारा । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा घटित कुनै पनि घटनाहरुको सूचना तत्काल सञ्चारकर्मीलाई उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभएको छ । राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै एसपी खड्काले जिल्लाको शान्ति सुरक्षा, अमनचयन स्थापना र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहने गरेको भन्दै सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको हो । विशेष ब्यूरो…
चौतारामा सोमबारदेखि रुबेला–दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा सोमबारदेखि रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन हुने भएको छ ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो । शाखाप्रमुख शिव पुरीका अनुसार फागुन १४ गतेदेखि १७ गतेसम्म नगरको १४ वटै वडामा यो अभियान सञ्चालन हुने छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिनका लागि ४० केन्द्र व्यवस्थापन गरिसकेको छ । यसका लागि ४० जना खोपकर्ता, ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ता…
दुग्ध व्यवसायीका बक्यौता रकम भुक्तानी गर्न सांसद सापकोटाको माग
गाईभैंसी पालेर, दुध बेचेर, गर्जो टार्दै आएका किसानहरु मारमा परेको भन्दै किसानहरुलाई भुक्तानी दिन सांसद सापकोटाले सभामूखमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो काठमाण्डौं । दुधमा आत्मनिर्भर बन्दै गरेका किसानहरुको रकम डिडिसीले भुक्तानी नगरेप्रति प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले संसदमा गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले शहरको पैसा गाउँगाउँमा लैजाने र दुधबाट आत्मनिर्भर बन्दै गरेको दुग्ध व्यवसाय गम्भीर संकटमा परेको बताउनुभएको हो । गत भदौबाट डिडिसीले दुध उत्पादक किसानहरुलाई हालसम्म पनि भुक्तानी नगरेकोले व्यवसायीहरु मरमा परेको उहाँको भनाइ थियो । सडकमा अहिले दुध मात्र पोखिएको छ सांसद सापकोटाले…
सिन्धुमा फागुन १४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने
९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमाति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ । चौतारा । फागनु १४ गतेबाट सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीचको बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लामा फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगार्ईले जानकारी दिनुभएको हो । राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा…
