टियुको झल्को दिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

टियुको झल्कोदिनेगरि जुगलको दिक्षान्त, सामुदायिक बिद्यालयले जुगलबाट सिक्नुपर्छ – उपप्रमुख थापा

निर्मल बस्नेत चौतारा । त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ । बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उनिहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गरेकी हुन् । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ…

उपनिर्वाचनको उम्मेद्वार काँग्रेसले फागुनमा टुंग्याउने

काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१) को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले बताए । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा ९१०को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन…

म्याकुरीलाई मुड्की हान्ने वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

म्याकुरीलाई मुड्की हान्ने वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो । मुद्दा दर्ता भए लगत्तै उनी फरार थिइन् बिसौनीbisouni.com

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राख्नुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाउनुभयो ।  साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताउनुभयो ।  पूर्वप्रधानमन्त्री…

भवन कार्यालयको फिल्ड इकाई चौतारामा स्थापना, सेवाग्राही खुशी

shahari

यस अघि सानो कामको लागि पनि धुलिखेल धाउनुपर्ने वाध्यता रहँदै आएकोमा इकाई कार्यालय स्थापनाले उपभोक्ता र सेवाग्राहीहरुलाई भने राहत मिल्नका साथै गुणस्तरिय विकास निर्माणका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । चौतारा । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय, धुलिखेलको फिल्ड इकाई कार्यालय चौतारामा स्थापना भएको छ । भवन कार्यालयबाट हुने हरेक विकास निर्माण कामका लागि यस अघि जिल्लाका सेवाग्राहीहरु धुलिखेल जानुपर्ने वाध्यता रहँदै आएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले संयुक्तरुपमा इकाईको बुधबार उद्घाटन…

हाजीरीजवाफमा गोल्मादेबी माबि प्रथम

निर्मल बस्नेत / चौतारा(२०८० फागुन १४) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा अवस्थित जुगल बोर्डिङ हाईस्कुलको ३४ औँ बार्षिकोत्सवको पूर्वसंध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगिातमा गोल्मादेबी माध्यमिक बिद्यालय, कदमबासका बिद्यार्थीहरु प्रथम भएका छन् ।प्रतियोगितामा द्धितीय इर्खु माध्यमिक बिद्यालय इर्खु र कालिकादेबी माध्यमिक बिद्यालय देउरालीका सहभागि बिद्यार्थीहरु तृतीय भएका छन् । बिद्यालयको शिक्षक दिपक उप्रतीको सहजीकरणमा भएको बक्तृत्वकला प्रतियोगितामा चौतारा नगरभित्रको १० वटा माध्यमिक बिद्यालयको सहभागितामा रहेको थियो । प्रतियोगिहरुको साथमा बिद्यालयको शिक्षक प्रतिनिधी र अभिभावकहरुसमेत सहभागि रहेका थिए ।आगामी १६ गते बुधबार प्री प्राईमरीको बिद्यार्थीहरुको दिक्षान्त कार्यक्रम र १७ गते…

‘ए’ ग्रेडका खेलाडीले मासिक तलब एक लाख पाउने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् ।  बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको हो…

पहिलो दिन,सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई लगाइयो खोप

Sindhupalchok

दादुरा–रुबेला बिरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन सिन्धुपाल्चोकमा ४ हजार बढी बालबालिकालाई खोप लगाइएको छ । जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप दिने उदेश्यका साथ सोमबारबाट सुरु भएको अभियानमा आज मात्र ४ हजार ६८ जना बालबालिका ले खोप सेवा पाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । कार्यलय प्रमुख दुर्गा बजगाईँका अनुसार १ हजार ९ सय ९१ जना बालिका र २ हजार ७७ जना बालकलाई यो खोप लगाइएको छ ।जिल्लाको १०३ वटै वडामा संचालित यो अभियान फागुन १९ गतेसम्म जारी रहनेछ । ९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई…

म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

म्याराथन प्रतियोगिताले चिनाउँदै सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी (फोटो फिचर)

सिन्धुपाल्चोक । समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको थली परेको जमिन ! वरिपरि ढुङ्गाले घेरिएको पौराणिक किल्ला ! उत्तरतिरका सेताम्मे हिम  शृङ्खला । सहजै देख्न सकिने चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजार ! यार्मासिंग गाउँका सुन्दर बस्तीहरू ! अलिपर पूर्वतिर फुल्पिङकट्टिका छिटपुट गाउँहरू, पश्चिममा धारापानी र लिस्तिकोट ! तलतल आफ्नै सुरमा हस्याङफस्याङ बग्दै गरेको भोटेकोसी नदी ! प्राकृतिक सुन्दरताका अनुपम घुम्टो ओढेर वर्षोदेखि पर्यटकको पर्खाइमा बसेको सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी पुग्ने जो कोहीलाई पनि यी र यस्तै दृश्यहरूले स्वर्गानुभूति हुन सक्छ । परन्तु सुन्दरताले भरिभराउ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका, वडा न…

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरु

चौतारा साँगाचोकगढीमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सुरुचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ । अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा…