नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाण्डौबाट रसुवा उडेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
आज दिउँसो १.५५ मिनेटमा उडेको हेलिकप्टर नुवाकोटकोको शिवपुरीमा सम्पर्कविहीन भएको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो ।
चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकाेप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेकाे बताइएकाे छ।
भिडियो हेर्न क्लिक गर्नुहोस्