पिस्कर । सिन्धुपाल्चोकबाट प्रशारण हुँदै आएको रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो वार्षिकोत्सब रेडियो वितरण तथा अन्तक्रिर्या कार्यक्रमसहित मनाइएको छ ।पिस्करको थामी संग्रहालय परिसरमा भएको कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा र उपाध्यक्ष गीता नेपालले जेष्ठ नागरिक, दलित र अपाङ्गता भएकाहरूलाई ५० थान रेडियो वितरण गर्नुभयो । सो अवसरमा अध्यक्ष बोहराले सूचना र समाचार संप्रेषणमा रेडियो सिन्धुले खेलेको भूमिकाप्रती खुशी व्यक्त गर्नुभयो । उहाँले रेडियोले आफ्नो वार्षिकोत्सब कार्यक्रममा रेडियो वितरण गरेर रचनात्मक कार्य गरेको बताउनुभयो । विविध कारणले एक्लो जीवनयापन गर्दै आएका जेष्ठनागरिकहरुलाई वितरित रेडियो साथी बन्ने बताउदै उहाँके रेडियोको सही…
Author: बिसौनी
साना अनुदान कार्यक्रम प्रभावकारी भए पनि कार्यान्वयनमा चुनौति रहेको गुनासो
चौतारा । गत बर्षदेखि सञ्चालनमा आएको मातृ तथा बाल पोषण आयोजना अन्तर्गतको साना अनुदान कार्यक्रम महत्वपूर्ण भए पनि कार्यान्वयन झन्झटिलो भएको सरोकारवालाहरुले बताएका छन् । मातृ तथा बालबालिकाको पोषण स्थितिमा सुधार गर्दै सामाजिक परिचालन तथा जनचेतना अभिवृद्धि गर्ने र घरभित्रको वायु प्रदुषण न्यूनीकरण गर्दै स्वास्थ्य स्थितिमा सुधार गर्ने उदेश्यले सञ्चालित यो कार्यक्रम प्रभावकारी रहे पनि कार्यक्रम सञ्चालनमा समस्या आएको सरोकारवालाहरुले दावी गरेका हुन् । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमा समूह वैधानिकरुमा गठन गर्नुपर्ने, अनिवार्य पान नम्बर लिनुपर्ने, सम्झौताका लागि स्वास्थ्य कार्यालयमा धाउनुपर्ने र आर्थिक वर्षको अन्तिमतिर कार्यक्रम सञ्चालनका लागि जानकारी…
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्रा
शिवरात्रीको दिन ॐ शान्तिद्वारा सद्भाव र्याली ! गोल्मा रानी मन्दिर संरक्षणद्वारा कलशयात्राचौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा शिव रात्रीको अवसरमा सद्भाव शान्ति पदयात्रा एवं प्रवचन कार्यक्रमको आयोजना गरेको छ।शुक्रबार बिहान राजयोग केन्द्रको भवनबाट सुरु भएको पदयात्रा बजार परिक्रमा गर्दै प्रवचन कार्यक्रमसँगै अन्त्य भएको हो ।धार्मिक विश्वास अनुसार आज भगवान शिवको जन्म भएको मानिन्छसदिऔं कालदेखि यही विश्वासलाई आधार मानेर आज शिवरात्रीको दिन शिवालयहरूमा पूजापाठ गर्ने र मठ मन्दिरहरूमा धुनी बाल्ने चलन रहँदै आएको छ। आजबाट नै चिसो याम सकिएर न्यानो याम सुरु हुने विश्वास गरिन्छ।त्यस्तै चौतारा साँगाचोकगढी…
कविताको माहौलमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
चौतारा । कतै शव्दहरुमा नारी वेदनाको बहाव थियो, कतै समानताका आवाज थियो । शव्दहरु नारी सशक्तिकरणको शैलाव भएर उठेका थिए । महिला हक हित र अधिकारका अगेनीमा कतै आगो भएर दन्किएका थिए आवाजहरु । विहीबार कविताका बान्कीभित्र यस्तै यस्तै आवाज सुनियो साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको प्राङ्गनमा । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालद्वारा आयोजित प्रतियोगितात्मक कवि गोष्ठीमा महिला शसक्तिकरण, हक, हित अधिकार, लैंगिक हिंसाविरुद्धका आवाजहरु मात्र मुखरित भएन, नारी वेदना र विभेदका विषयहरु पनि शसक्त भएर गुञ्जियो कविताहरुमा । १८ जना प्रतिस्पर्धीहरुलाई पछि…
आगालागि नियन्त्रण र उद्धारका लागि सेनाद्वारा डेमो प्रदर्शन
चौतारा । सुख्खा याम लागेसँगै आगालागिको घटना वृद्धि हुने हुँदा आगालागी नियन्त्रणका लागि इन्द्रध्वज गण चौताराले डेमो प्रदर्शन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित ब्यारेकमा गणले आगो नियन्त्रण र आगालागिमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भनेर सोमबार डेमो प्रदर्शन गरेको हो । केही घरहरुमा आगालागि भएको र घरभित्र फसेका व्यक्तिहरुका उद्धार गर्न नेपाली सेना खटिएको दृष्य मात्र हैन आगालागि नियन्त्रण गर्न डमकलको सही प्रयोग र फसेकाहरुको उद्धार र एम्बुलेन्ससेमेतको प्रयोग गरेर डेमो प्रदर्शन गरिएको थियो । डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य लगायत सरकारी…
चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसल
चौताराको व्यस्त बजारमा चोरी ! रित्तियो जि.आर सुन पसलचौतारा ! सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित एक पसलमा चोरी भएको छ ।आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसल रित्तो नै हुनेगरी चोरी भएको हो ।पसलमा रहेको करिब १०तोला सुन र ३ किलो चाँदी चोरी भएको पसलका प्रोपाइटर गम्भीर रानाले बताए ।माथिल्लो तल्लामा ग्लोबल आइएमइ बैंकसमेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फोडि चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फोडेर चोरी गरेको बताइएको छ ।मूल सडकको दृश्य देखिने गरि पसलधनी राना आफैले जडान गरेको…
पूर्व शिक्षक रुकमणी श्रेष्ठबाट बाल कल्याणलाई शैक्षिक सामाग्री सहयोग
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री बालकल्याण आधारभूत विद्यालयलाई सोही विद्यालयकी पूर्व शिक्षक रुकमणि श्रेष्ठले शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । रोचक ह्यान्डीक्रयाप्ट काठमाण्डौंकी सञ्चालक समेत रहेकी पूर्व शिक्षक श्रेष्ठबाट बिद्यार्थीहरुलाइ झोला तथा स्टेशनरी सामाग्री सहयोग गर्नु भएको हो । आइतबार पूर्व शिक्षक श्रेष्ठले एक कार्यक्रमबीच उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । सो अवसरमा शिक्षिका श्रेष्ठले आफ्ना बुबाको प्रेरणाले समाजसेवामा लागेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा प्रधानाध्यापक गायत्री पालिखेले…
विद्यालय संरक्षणका लागि वकिङ नेपाली सेवा समाज युकेको ३ लाख ५१ हजार सहयोग
देवराज सुवेदी सिन्धुपाल्चोक, २० फागुन । सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार एक सय ११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ । २०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभियानमा उक्त रकम सहयोग गरिएको हो । वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद घोरासैनी लगायतको उपस्थितिमा उक्त रकम पुर्व विद्यार्थी समाजका पदाधिकारीलाई…
स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने
स्वास्थ्य कार्यालयको अगुवाइमामा ट्राफिक संचेतना कार्यक्रम हुने चौतारा । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ट्राफिक संचेताना कार्यक्रम गर्ने भएको छ ।सडक दुर्घटना रोकथाम तथा जोखिम न्यूनीकरण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा आईतबार बसेको बैठकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ स्थित श्री कृष्ण रत्नगंगा माविका विद्यार्थीहरुलाई लक्षित गरि ट्राफिक संचेताना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य कार्यालयको अगुवाइमा भएको बैठकले सडक दुर्घटना रोकथाम र जोखिम न्यूनिकरणका लागि चालकसँग ५ मिनेट कार्यक्रम पनि तय भएको स्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।बैठकमा…
साइबर क्राइमको आरोपमा चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ
नाबालिकाको चरित्रहत्या गर्ने चौतारा साँगाचोकगढीका सुमन खत्री पक्राउ काठमाडौं । नाबालिकाको चरित्रहत्या गरी दुःख दिएको आरोपमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का २२ वर्षीय सुमन खत्री पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोल्खुपाखामा बस्दै आएका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरेक बताइएको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाएर चरित्रहत्या गरेको आरोप उनीमाथि छ ।आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको…
