राष्ट्रिय रोड रेसिङ प्रतियोगितामा चौताराका युकेश थापा सेकेण्ड रनरअप हुन सफल

रेसिङ फिल्डबाट नै आफ्नो गाउँ र सिंगो राष्ट्रको नाम विश्वभरि फैलाउने आफनो उदेश्य भएको थापाले बताउनु भयो । चौतारा । राष्ट्रिय रोड रेसिङ प्रतियोगितामा सिन्धुपाल्चोकका युकेश थापा सेकेण्ड रनरअप हुन सफल हुनु भएको छ ।मार्च २५ र २६ तारिखमा पोखरामा आयोजिता नेशनल रोड रेसिङ च्याम्पेनशिप २०२३ मा सहभागी हुनु भएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ हाल वडा न ५ का थापा सकेण्ड रनरअप हुन सफल हुनु भएको हो ।नेपाल रोड रेसिङ च्याम्पेनशिप सिजन वानद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा थापाले रु ४४ हजारको चेक र ट्रफि हात पार्नु भयो ।प्रतियोगिताको…

प्रति खेलाडी तीन लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा, निर्माणधिन क्रिकेट रंगशाला निर्माणमा जोड

कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई प्रधानमन्त्रीले प्रचण्डले निर्देशन दिएका छन् । मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।  काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीका खेलाडीलाई जनहरी तीन लाख पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन् ।  विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान…

सिन्धुपाल्चोकमा रग्बी खेलकाे प्रशिक्षण

चाैतारा (२०७९ चैत्र २) सिन्धुपाल्चोक रग्बी संघले चाैतारा साँगाचोकगढी नगरपालिकाकाे सहकार्यमा रग्बी खेल सम्बन्धि २ दिने प्रशिक्षण तथा प्रशिक्षक तालिम सम्पन्न गरेकाे छ । सिन्धुपाल्चोकमा रग्बि खेलकाे सुरुवात गरिएकाे याे पहिलाे पटक हाे । चाैतारामा आयाेजना गरिएकोमा कार्यशाला गाेष्ठीसहितकाे प्रशिक्षण फागुन २९ र ३० गते सञ्चालन गरिएको थियाे । उक्त कार्यक्रमलाई व्यवस्थापन गर्न चाैतारा साँगाचोकगढी नगरपालिकाले सहयाेग प्रदान गरेकाे सिन्धुपाल्चोक रग्बी संघका अध्यक्ष अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । नेपाल रग्बी संघ महिला विभाग प्रमुख एवम्…

यूएईले पीएनजीलाई ६ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएकाे छ । पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायाे । यूएईका लागि कप्तान माेहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओ‌भरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए…

राष्ट्रपति रनिङ : तेस्रोपटक पनि चौताराकै पोल्टामा

। सुनकोसी । सुनकोसी गाउँपालिकाको बसन्तपुर खेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जित्न सफल भएको छ ।यो समेत चौतारा साँगचोकगढीले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले लगातार तेस्रो पटक उपाधि जित्दै सधैको लागि शिल्ड आफ्नो कब्जामा लिएको छ ।सुनकोसी गाउँपालिकाकाको बसन्तपुर खेल मैदानमा आज सप्पन्न खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले २५ स्वर्ण, ६ रजत र १२ कास्य सहित उपाधी जित्न सफल भएको हो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक…

जुगल कप भलिबल प्रतियोगिता भोलिबाट

भोलिबाट दोश्रो जुगल भलिबल कप सुरु हुने ।चौतारा । भोलि बिहीबारबाट दोस्रो जुगल नगर मावि स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।सदरमुकाम चौतारास्थित जुगल बोर्डिङ हाइस्कूलको ३३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सो प्रतियोगितामा ६ टीमको सहभागिता रहने प्रीन्सिपल ओमप्रकाश उप्रेतिले जानकारी दिनु भयो ।प्रीन्सिपल उप्रेतिका अनुसार प्रथम, दितिय र तृतीयलाई क्रमश : ट्रफी, मेडल र नगद ७०००, ५००० र ३००० हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।जुगल बोर्डिङ हाइस्कूलको प्राङ्गणमा हुने सो प्रतियोगितामा श्री कृष्ण रत्नगंगा मावि, चौतारा, सिद्धि गणेश मावि, सानोसिरुवारी, सेतीदेवि मावि स्याउले, इर्खु मावि, इर्खु, कालीदेवि मावि…

नगरस्तरीय फूटबल सुरु : इर्खु र स्याउले विजयी

राजेन्द्र रानामगर /चौतारा, २०७९ फागुन २२ । ईर्खु स्पाेर्टस क्लबकाे आयाेजनामा नगरस्तरीय फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अण्डर १३ सेभेन ए साईट खेलमा १६ टिमकाे सहभागीता रहेकाे छ । उक्त खेलकाे उद्घाटन चाैतारा साँगाचाेकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो । उहाँले खेल सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलाडीहरुकाे बिकास गर्नुपर्ने कुरामा जाेड दिनु भएको छ ।नगरप्रमुख सापकोटाले स्वास्थ्य र राष्ट्रकाे लागि खेल अतिआवश्य रहेकाे, अझ जीवनकाे लागि पनि उति नै महत्त्व रहेकाे बताउनु भयो । उहाँले जलबायु परिबर्तनकाे असरबारे बहस चलाएर सवैकाे ध्यान खिच्न पर्ने आवश्यकता पनि औंल्याउनु…

केपी ओली कप फूटबल प्रतियोगिता हुने

युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ुकेपी ओली कप फुटबल प्रतियोगिता हुने संघले छ। प्रतियोगिता गर्नका लागि नेपाल फूटबल संघ एन्फाले अनुमति दिइएको छ ।ुयुवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,ु महासचिव राईले भने। युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका…

चौतारामा खुला जिमशाला सञ्चालन ।

चौतारामा खुला जिमशाला सञ्चालन ।चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा मंगलबारदेखि खुला जिमशाला सञ्चालनमा आएको छ । नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ चौतारा साँगाचोगगढी नगरपालिकाले सुरु गरेको खुला जिमशालाको आज मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले उद्घाटन गर्नुभयो ।सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त गर्नुभयो । स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको जिकिर गर्दै उहाँले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नु भयो ।प्रमुख जिल्ला अधिकारी…

दुगुनागढीमा दौड ! नाम दर्ता गर्ने अवधि २ दिन बाँकी

कार्तिक १७ गते दुगुनागढीमा दौड । नाम दर्ता गर्ने अवधि २ दिन बाँकीचौतारा । एकातिर झण्डै पाँच किलोमिटरको सप्ठ्यारा सडक, अर्कोतिर बाँकी अप्ठ्यारा र डरलाग्दो भीरको गोरेटो छिचोल्दै धावकहरुले आफ्नो गन्तव्य चुम्नु पर्ने छ । विश्व युद्धताका नेपाली सेनाले नेपाल भोट युद्धको बेला प्रयोग गरेको एैतिहासिक मार्ग नै मार्ग भएर सामारिक महत्व बोकेको भोटेकोसीस्थित दुगुनागढीमा जो धावक पहिला पुग्ने छ, उ नै सार्वोत्कृष्ट धावक मात्र हैन, साहसिक धावकको रुपमा समेत घोषित हुने छ र आकर्षक धनराशी सहितको पुरस्कारले पनि सुसझित हुने छ ।धावकहरुका लागि कुम्भ मेला भनेर चिनिने तेस्रो लिस्तिकोट…