चौतारा टुँडिखेल : काम गर्ने कालु मकै खाने भालु

खेलमैदाभित्र गाडीको म्याराथुन चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित खेलमैदान टुँडिखेलमा गाडीले दाँइ गर्न थालेपछि खेलप्रेमीहरु क्षुब्ध भएका छन् । निर्माणाधिन मिनि रंगशालाका कारण अस्तव्यस्त बनेको टुँडिखेलमा केही महिना अघि मात्र स्थानीय खेलप्रेमी, खेलाडीहरुले यत्रतत्र छरिएर रहेको ढुँगा, काठपात, रड, बालुवा लगायतका सामाग्री हटाउनका साथै माटोको ढिस्कोलाई स्काइभेटरले सम्याएर खेलमैदान बनाएका थिए । मिनि रंगाशाला निर्माणको क्रममा चरम लापरवाही र ढिलासुस्ति भएपछि निर्माण सामाग्रीलाई हटाएर खेलकूद गतिविधि सञ्चालनका लागि सफाचट बनाएको टँुडिखेलमा मैदान नै विग्रिने गरि सवारी साधनहरु पार्किङ गर्न थालेपछि खेलाडिहरु आक्रोशित भएका हुन् । गाडी पार्क गर्न थालेपछि…

खेलाडीको उत्साह मर्न दिने छैन-मेयर सापकोटा । ब्याटमिन्टनमा यी खेलाडीले मारे बाजी

चौतारा । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट नगरकप ब्याटमिन्टन प्रतियोगिता सुरु भएको हो । जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साह मर्न नदिने र खेलाडीहरुको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनु भयो । मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्धितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु…

नगर मावि स्तरीय फूटबल प्रतियोगिता सुरु : कृष्ण र सिद्धि विजयी

चौतारा साँगाचोकगढी नगरपालिका मावि स्तरीय फूटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । चौतारास्थित टँुडिखेलमा सुरु भएको सेभन ए साइट फूटबल प्रतियोगिताको उद्घाटन खेलमा श्री कृष्ण रत्नगंगा मावि चौताराले विजय हासिल गरेको छ । खेलको अन्तिम समयसम्म प्रतिद्वन्द्वि कुण्डलादेवी मावि ठूलोरिुबारीलाई दबदबामा राखेको श्री कृष्ण माविले कुण्डला विरुद्ध ४ – ० ले विजयी भएको हो । त्यस्तै इर्खु मावि इर्खु र सिद्धिगणेश मावि सानोसिरुबारी बीच भएको प्रतियोगितामा कसैले गोल हान्न नसकेपछि पेनाल्टि सुटआउटमा सिद्धिगणेशले ७ गोल हानेर विजयी भ भने इर्खुले ३ गोल मात्र गरे । १७ विद्यालय सहभागि रहेको खेलको…

लिसंखुपाखरले खेलाडीलाई सहयोग गरेपछि हौसिए खेलाडी

लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् । यहि जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन चाहेकी उनलाई खर्च अभावले अप्ठेरो परेको थियो । गाउँपालिकाको सहयोग पछि अब उनले खेल्न जान पाउने भएकोमा खुसी व्यक्त गरेकी छन् । १० जेठ, काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी…

सिन्धुपाल्चोक बेसबल तथा सफ्टबल संघ गठन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । प्रमोद लामाको अध्यक्षतामा जिल्ला बेशबल तथा सफ्टबल संघ गठन भएको हो । जिल्लालाई बेसबल तथा सफ्टबलका मार्फत पनि चिनारी बनाउने उद्देश्यका साथ गठित बेसबल तथा सफ्टबल संघको उपाध्यक्षमा राजेन्द्र गदाल र इसान क्रान्ति घिमिरे रहेका छन् भने सचिवमा दिपक योञ्जन र कोषाध्यक्षमा अञ्जना दुलाल रहेका छन् ।त्यस्तै संघको सदस्यमा विक्रम लामा, सन्तोष खड्का, भीम बहादुर तामाङ, कुसुम लामा, सन्तोष सापकोटा र रोसन ढुंगाना चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा प्रबोद लामा र प्रदेश प्रतिनिधिमा राजेन्द्र गदाल चयन भएका…

सिन्धुपाल्चोक क्रिकेट संघ गठन

मेलम्ची ।क्रिकेट खेलको बिकाससंगै सम्भावना युक्त खेलाडी उत्पादन गर्ने उदेश्यले पहिलो पटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार सम्पन्न भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो ।समितिको उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, सन्तोष चौलागाई, अनिल कुमार धिताल रहेका छन् । कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधी तथा समाजसेवीको समेत उपस्थिती रहेको थियोतदर्थ समितिको भेलालाई सम्बोधन गर्दे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको…

मैत्रीपूर्ण फूटबलको उपाधी लायन्सलाई

चौतारा । लायन्स क्लब अफ काठमाडू सिन्धु चौतारा सिटीले मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।शुक्रबारबाट जारी मैत्रीपूर्ण फूटबल प्रतियोगिताको फिनालेमा शिक्षक महासंघ र लायन्स क्लब भिडेको थियो ।लायन्सका जर्सी न १० का खेलाडी गणेश कटुवालले गरेको १ गोल नै अन्तत निर्णायक गोलको रुपमा परिणत भयो । शिक्षक महासंघले गोल गर्ने प्रयत्न गरे पनि क्लबका गोलरक्षकले हरेक प्रहारलाई असफल बनाइ दिएका थिए ।विजयी खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ट्रफी, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउदै नयाँ पुस्तालाई खेलप्रती आकर्षण गर्ने…

लायन्स क्लबद्वारा आयोजित फूटबल प्रतियोगिताको समापन भोलि हुने

चौतारा । आज विहान चौतारा टुँडिखेलमा भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ बाहिरिएका छन् ।प्रतियोगितामा चौतारा स्पोर्टिङ क्लबले सात गोल गरेका थिए भने महासंघकातर्फबाट अध्यक्ष जीवन श्रेष्ठले एक गोल गरेका थिए ।त्यस्तै लायन्स क्लब अफ सिन्धु काठमाण्डौ सीटी र कर्मचारी मिलन केन्द्रबीच भएको प्रतियोगितामा क्लब विजयी भए । क्लबले ३ गोल गरे भने कर्मचारीकोतर्फबाट कसैले गोल हान्न सकेनन् । दिउँसो शिक्षक महासंघ र चौतारा भेट्रानबीच भएको खेलमा निर्धारित समयमा दुबैपक्षले गोल हान्न नसकेपछि टाइब्रेकरमा महासंघले ५ गोल गेरेर विजयी भए भने कर्मचारीले ४ गोल मात्र गरे । चौतारा साँगाचोकगढी…

चौतारा टुँडिखेलमा मैत्रीपूर्ण फूटबल हुँदै ।

।चौतारा । भोलि बिहान ७.३० बजे नेपाल पत्रकार महासंघ र चौतारा स्पोर्ट क्लबबीच मैत्रीपूर्ण फूटबल हुँदैछ ।लायन्स क्लब अफ काठमाण्डू सिन्धु चौतारा सिटीको आयोजनामा हुने मैत्रीपूर्ण खेलमा कर्मचारी मिलन केन्द्र र लायन्स क्लब भने विहन ९ बजे भिड्ने छ ।त्यस्तै दिउँसो २ बजे शिक्षक महासंघ र चौतारा भेट्रानबीच भिडन्त हुनेछ भने चौतारा साँगाचोकगढी नगरपालिकाका कर्मचारी र बैंकर्स तथा वित्तिय संस्थाका कर्मचारी बीच भने दिउँसो ३.३० बजे महाभिडन्त हुनेछ ।एकआपसको सम्वन्धलाई प्रगाढ बनाउने र खेलप्रति नयाँ पुस्तालाई आकर्षित गराउने उदेश्यले लायन्स क्लब अफ सिन्धु चौतारा सिटीले विगत वर्षदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको…

रंगशाला निर्माणमा ढिलासुस्ती ः खेलाडी आफैले तयार गरे खेलमैदान

खेलमैदान नहुँदा यहाँका खेलाडीहरुले कहिले स्याउले, इर्खु त कहिले लामोसाँघुकोस्थित बसन्तपुर खेलमैदानसम्म पुगेर अभ्यास गर्ने गरेका छन् । खासगरि सी डिभिजन फूटबल छनौट प्रतियोगितामा वस्र्योनी सहभागि हुँदै आएको चौतारा स्र्पोटिङ क्लबका खेलाडीलाई अभ्यास गर्न नै धौ धौ पर्दै आएको छ । यसक्रममा क्लबका खेलाडीहरुलाई लामोसाँघुसम्म लगेर अभ्यास गराउँदा समय अपुग मात्र हैन अनावश्यक खर्च पनि व्यहोर्नु परेको तीतो अनुभव क्लबका पदाधिकारीहरुको छ । चौतारा । सदरमुकाम चौतारास्थित निर्माणधिन रंगशालाभित्र सेभेन ए साइड मापदण्ड अनुसारको मैदान तयार भएको छ । मिनि रंगशालाको निर्माण कार्य ढिलासुस्ती भएपछि चौतारा स्पोर्टिङ क्लबको अगुवाईमा खेल…