खेलमैदान नहुँदा यहाँका खेलाडीहरुले कहिले स्याउले, इर्खु त कहिले लामोसाँघुकोस्थित बसन्तपुर खेलमैदानसम्म पुगेर अभ्यास गर्ने गरेका छन् । खासगरि सी डिभिजन फूटबल छनौट प्रतियोगितामा वस्र्योनी सहभागि हुँदै आएको चौतारा स्र्पोटिङ क्लबका खेलाडीलाई अभ्यास गर्न नै धौ धौ पर्दै आएको छ । यसक्रममा क्लबका खेलाडीहरुलाई लामोसाँघुसम्म लगेर अभ्यास गराउँदा समय अपुग मात्र हैन अनावश्यक खर्च पनि व्यहोर्नु परेको तीतो अनुभव क्लबका पदाधिकारीहरुको छ ।
चौतारा । सदरमुकाम चौतारास्थित निर्माणधिन रंगशालाभित्र सेभेन ए साइड मापदण्ड अनुसारको मैदान तयार भएको छ । मिनि रंगशालाको निर्माण कार्य ढिलासुस्ती भएपछि चौतारा स्पोर्टिङ क्लबको अगुवाईमा खेल मैदान तयार भएको हो ।
तोकिएको समयसीमाभित्र रंगशाला निर्माण कार्य सम्पन्न नभएपछि आवश्यक खेलकूद गतिविधिका लागि आफूहरुले निर्माण सामाग्रीलाई एक ठाउँमा एकीकृत गरि खेल मैदान तयार गरेको क्लबका अध्यक्ष सविन श्रेष्ठले बताउनु भयो ।
“ठेकेदार कम्पनिको लार्पवाही असाध्यै देखियो, समयसीमा नाघिसक्यो तर ठेकेदारको काम पचास प्रतिशत पनि सकिएको छैन” अध्यक्ष श्रेष्ठले “भन्नुभयो खेल मैदान नहुँदा हामीले धेरै सास्ती र अनावश्यक खर्च व्यहोरेका छौंं
हुन पनि खेलमैदान नहुँदा यहाँका खेलाडीहरुले कहिले स्याउले, इर्खु त कहिले लामोसाँघुकोस्थित बसन्तपुर खेलमैदानसम्म पुगेर अभ्यास गर्ने गरेका छन् । खासगरि सी डिभिजन फूटबल छनौट प्रतियोगितामा वस्र्योनी सहभागि हुँदै आएको चौतारा स्र्पोटिङ क्लबका खेलाडीलाई अभ्यास गर्न नै धौ धौ पर्दै आएको छ । यसक्रममा क्लबका खेलाडीहरुलाई लामोसाँघुसम्म लगेर अभ्यास गराउँदा समय अपुग मात्र हैन अनावश्यक खर्च पनि व्यहोर्नु परेको तीतो अनुभव क्लबका पदाधिकारीहरुको छ । यसै कारण पनि चौतारामा नै मेदान तयार गरेको क्लबका सचिव राकेश राना बताउनु हुन्छ ।
करिब दुई वर्ष खेलमैदान अभावका कारण यहाँको खेलकूद गतिविधि ठप्प हुँदै आएको छ । एकातिर नयाँ खेलाडीहरु लाखापाखा लाग्ने र अर्कोतिर पुराना खेलाडीहरुले अभ्यास गर्न नपाउँदा खेलाडीहरुको कलाकौशलमा गिरावट आउन थालेपछि क्लबले चौतारा टुँडिखेलमा निर्माणका लागि असरल्ल छरिएर रहेका सामाग्रीहरुलाई एकैठाउँमा राखेर हाललाई ७ ए साइड मापदण्ड अनुसारको खेलमैदान तयार गरेको हो ।
खेलमैदान तयार भएपछि अहिले बिहानको समयमा किशोर किेशोरीहरुका लागि ग्रासरुट फूटबल प्रशिक्षण सञ्चालन भइरहेको छ भने बेलुकीपख चौताराका युवाहरु फूटबल अभ्यासमा व्यस्त हुने गरेका छन् ।
मैदान सम्याउनका लागि चाैतारा साँगाचाेकगढी नरगपालिकाकाका मेयर कृष्णप्रसाद सापकोटाले अनुगमनसँगै व्याकहो लोडर र टिपर उपलव्धगराउनु भएको थियो भने गोलपोष्ट निर्माणका लागि जुगल होल्चे खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाइप उपलव्ध गराएको थियो । मैदान सम्याउनका लागि जिल्ला फूटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठ, चौताराका खेलकूद प्रेमीहरुले पहल गरेका थिए भने खेलाडी र क्लबका पदाधिकारीहरुले श्रमदान गरेका थिए ।
खेलाडीहरुको भविष्यसँग जोडिएको मिनि रंगशाला निर्माण कार्य तीव्र पार्न पनि सम्वन्धित निकायलाई सचिव रानाले ध्यानाकार्षण गर्नुभयो । समयसीमा नाघिसकेको र काममा तीव्रता आउनुको साटो धेरै दिनदेखि रंगशाला निर्माणको काम ठप्प भएकोप्रति क्षोभ प्रकट गर्दै सचिव रानाले छिटो छरितो कार्य सम्पन्न गर्नका लागि बिसौनी अनलाइनमार्फत खबरदारी गर्नुभयो ।