जिल्लाकै पहिलो सिए रमेश धितालद्वारा सिद्धिगणेश माध्यमिक विद्यालयको शैक्षिक समृद्धिका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । जिल्लाको विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आउनु भएका धितालले शुक्रबार सिद्धिगणेशको २६ औं बार्षिकोत्सव समारोहमा अक्षयकोष स्थापनfको घोषणा गर्नुभएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ नेपाने निवासी रमेश धितालले एक लाख २० हजारको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उहाँले १ लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएको हो ।
शुक्रबार विद्यालयको ६२ औं बार्षिकोत्सवको अवसरमा समाजसेवी धितालले अक्षयकोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
जिल्लाकै पहिलो चाटर्ड एकाउण्टेन्टको रुपमा परिचित धितालले यसअघि पनि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग उपलव्ध गराउदै आउनुभएको छ ।
लामो समयदेखि काठमाण्डौमा बसोबास गर्दै आउनुभएका सरल, मिजासिलो र सहयोगी मनका धनी धितालद्वारा अक्षयकोष स्थापना घोषणा सकारात्मक र प्रेरणादायी भएको भन्दै बागमति प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सो रकमलाई बीउ पूँजीको रुपमा राख्दै सबै भूतर्पू विद्यार्थीहरुले शैक्षिक गुणस्तर सुधार कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो ।