४ साउन, चौतारा । तातोपानी नाकाबाट भन्सार छलेर अवैध रुपमा सामान निकासी गदै गरेको २ जना मानिषलाई प्रहरीले पक्राउ गरेको छ । कोदारी चौकीको प्रहरीले बिषेस सुचनाको आधारमा भोटेकोशी गाउँपालिका २ स्थित ९ किलोमा चेकजाँच गर्नेक्रममा उक्त व्यक्तिहरुको साथबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटेकोशी ३ का पेमदोर्जे शेर्पा र बाह्रबिसे ७ घर भई भोटेकोशी २ बस्ने राजु थापा रहेका छन् । उनिहरुको साथबाट बरामद गरिएको सामग्रीसहित तातोपानी भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिएका छन्…
Category: समाज
विमान दुर्घटनामा एकै परिवारको ३ जनाको ज्यान गयो
काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । बिसौनीbisouni.com
विमान दुर्घटनामा १८ जनाको ज्यान गयो, ३ जनाको उद्धार
काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका…
दुर्घाटनाग्रस्त विमानबाट क्याप्टेनको उद्धार गरियो, १९ जना सवार थिए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् । ९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन्…
त्रिभुवन विमानस्थलमा बिमान दुर्घटना,विवरण आँउन बाँकी
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। अन्य यात्रुको अवस्थाका बारेमा भने विवरण आउनेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । बिसौनीbisouni.com
बाह्रबीसे तातोपानी सडक सुचारु
बाह्रबीसे तातोपानी सडक सुचारुतीनदिन देखि बन्द रहेको अरनिको राजमार्ग अन्तर्गतको बाह्रबीसे तातोपानी सडक खण्ड सुचारु भएको छ ।असार ३१ ग्ते राति खागदल खोलामा आएको बाढीले बाह्रबीसे नगरपालिका वडा न ३ र ५ जोड्ने खाकदलको बेलिब्रिज बगाएपछि आवतजातवत बन्द भएको हुँदै आएको थियो । बेलिब्रिजको ठाउँमा खोलामा ह्युम पाइप राखेर हाललाई अस्थाइरुपमा भए पनि सडक सुचारु भएको बाह्रबीसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।उत्तरी तातोपानी नाका पुग्ने यो सडक अवरुद्ध हुँदा चीनबाट लोड भएर आएका झण्डै ६० भन्दा बढी मालबाहक कन्टेनरहरु ३ दिनदेखि सडकमा नै अलपत्र परेका थिए । सडक…
जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछर्यौट
जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछ्र्यौटचौतारा, २७ असार, २०८१ । जिल्ला अदालत सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०८० / ०८१ मा ६८८ मुद्दा फछ्र्यौट गरिएको छ । अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ मुद्दासमेत गरि आव २०८०÷०८१ मा जम्मा ९६० मुद्दा परेका थिए ।विहीबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार फछ्र्यौट लक्ष्य ६ सय ८३ रहेकोमा विहीबारसम्म लक्ष्यभन्दा बढी अर्थात ६८८ मुद्दा फछ्र्योट भएको हो । अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ थान मुद्दाबाहेक ६९९ नयाँ मुद्दा दर्ता भएका अदालतले जनाएको छ । २७३ मुद्दा अझै बाँकी रहेको छ ।…
जनस्वास्थ्य कार्यालयले विविध कार्यक्रमसहित जनसंख्या दिवस मनायो ।
असार २७, सिन्धुपाल्चोक । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात विहीबार विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ यो दिवस सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पनि विविध कार्यक्रमसहित मनाईएको हो । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले बढ्दो र घटदो दुबै जनसंख्या कुनै पनि राष्टको लागि चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँल्े…
ढलानले किचेर बेपत्ता भएका दुई जना मृत फेला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ४ हिन्दीमा निर्माणाधीन भोटेकोसी – १ जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा ढलान खस्दा किचेर बेपत्ता भएका २ जना मृत अवस्थामा फेला परेको छ । शुक्रबार सुरुङको ढलान खस्दा बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का सुमन थारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । इलेक्ट्रिक हाइड्रो पावर कम्पनीद्वारा गत साउनबाट निर्माण थालिएको ४० मेगावाट क्षमताको यो आयोजनाको सुरुङ निर्माणका क्रममा ढलान खस्दा अन्य दस जना…
छाताले छेक्यो फल्चाको सौन्दर्य
निर्माणधिन अवस्थामा तातो न छारो के बनाउन लागेको यो भनेर केही स्थानीयले विरोध गरे पनि आकर्षक फल्चा निर्माण सम्पन्न भएर सबैले उपभोग गर्न थालेपछ भने फल्चाको प्रशंसा गर्न थालेका छन् । मोनिका विक, चौतारा, २२ असार २०८१ । प्रशासनीक क्षेत्रको छेवैमा निर्माण गरिएको प्रतीक्षालयले बटुवाहरुलाई राहतको महसुस दिन थालेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित टुँटिखेलको मुखैमा निर्माण गरिएको नेवारी परम्परा अनुसारको फल्चा अर्थात प्रतीक्षालयले सरकारी कामकाजमा आउने सेवाग्राहीहरुलाई राहतको महसुस गराएको हो ।चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको फल्चा सेवाग्राहीका लागि असारको चर्को घाम र मुसलधारे पानीबाट ओत लाग्ने…
