विमान दुर्घटनामा १८ जनाको ज्यान गयो, ३ जनाको उद्धार

विमान दुर्घटनामा १८ जनाको ज्यान गयो

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

३ जनाको उद्धार

सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको बताए ।

उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए । त्यसैगरी १५ जनाको शव निकालिएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्