भर्ना अभियानकै मेलाेमा दिल कार्कीको भर्ना अभियान गीत सार्वजनिक(भिडियोसहित)

यसै मेलोमा सार्वजनिक भएको यो गीतलाई विद्यालयले सँगसँगै प्रचारप्रसार गर्न सकियो भने भर्ना अभियान थप प्रभावकारी हुने यस गीतका रचनाकार एवम् गायक दिल कार्कीको धारणा छ ।

चौतारा । एकातिर शिक्षकको गहन जिम्मेवारी अर्कोतिर कलाकारिताको दायित्व । यही दोभानमा उभिएर साहित्यकार, गायक अनि शिक्षक दिल कार्कीले भर्ना अभियान गीत सार्वजनिक गरेका छन् ।
भर्ना अभियान २०८० साललाई लक्षित गर्दै सार्वजिक भएको उक्त गीतले विद्यालय उमेर पुगेका सबै प्रकारका बालबालिकाहरुलाई विद्यालयमा पहुँच बढाउन आग्रह गरेका छन् ।
त्यसो त बैशाख ३ गतेबाट देशभरि नै भर्ना अभियान सञ्चालन भएको छ । बैशाख १५ गतेसम्म सञ्चालन हुने यो अभियानलाई अझ सारर्थक निष्कर्षमा पुर्याउनका लागि यो गीतले महत्वपूर्ण भूमिका खेल्ने छ । आजबाट भर्ना अभियान सञ्चालनसँगै हरेक विद्यालय प्रशासन यतिखेर घरदैलो लगायत विभिन्न कार्यक्रमसहित गाउँवस्तीमा केन्द्रीत भएका छन् । यसै मेलोमा सार्वजनिक भएको यो गीतलाई विद्यालयले सँगसँगै प्रचारप्रसार गर्न सकियो भने भर्ना अभियान थप प्रभावकारी हुने यस गीतका रचनाकार एवम् गायक दिल कार्कीको धारणा छ ।
हुन पनि शैक्षिणिक क्रियाकलापममा जसरी गीतसंगितको भूमिका महत्वपूर्ण हुन्छ, त्यसरी भर्ना अभियान सम्वन्धी यो गीतले पनि अह्म भूमिका खेल्नेमा विश्वास गर्न सकिन्छ । गीतसंगीत सार्वजनिक मात्र भएर हुँदै सचेत र सरोकारवालाले शियर गरे भने मात्र यो सन्देशमूलक गीत सबैको पहुँचमा पुग्ने र भर्ना अभियानले थप सारर्थकता पाउने गायक कार्कीको विश्वास छ ।
गीतमा दिल कार्की, प्रेम ढुँगाना र सृजना श्रेष्ठले स्वर दिएका छन् भने आयुष्मा कार्की, सन्तोष ढुंगाना प्रमिला तामाङ, दीपक राई र बालकलाकार कृषा कार्की, प्रसान्न ढुंगानाको बेजोड प्रतिभा पनि यस गीतको भिडियोमा हेर्न सकिन्छ ।
प्रेम ढुंगानाले निर्देशन गरेको यो गीतको भिडियो ABC Sindhupalchok काे फेसबुक एकाउण्टमा र युट्युब च्यानल jhulka TV मा पनि हेर्न सकिन्छ ।

भिडियाे

सिफारिस

प्रतिकृया दिनुहोस्