जनस्वास्थ्य कार्यालयले विविध कार्यक्रमसहित जनसंख्या दिवस मनायो ।

जनस्वास्थ्य कार्यालयले विविध कार्यक्रमसहित जनसंख्या दिवस मनायो ।

असार २७, सिन्धुपाल्चोक । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात विहीबार विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ यो दिवस सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पनि विविध कार्यक्रमसहित मनाईएको हो ।


जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले बढ्दो र घटदो दुबै जनसंख्या कुनै पनि राष्टको लागि चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।


जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँल्े जनसंख्याको अवस्था बारे प्रतिवेदन पेश गर्दै जिल्लामा मातृ मृत्यु दर न्यूनिकरण सफल भएको उल्लेख गर्नुभयो ।

बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीको सभाध्यक्षमा भएको कार्यक्रममा नगर महिला सञ्जालकातर्फबाट गुणकेशरी श्रेष्ठले जनसंख्या सम्वन्धी चेतनामूलक गीत र जुगल बोर्डिङ हाइस्कूलका छात्रा रिति घलेले प्रवचन दिनुभएको थियो ।


जनस्वास्थ्य कार्यालयका तिलक विकद्वारा सञ्चालित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, गैरसकारकारी कार्यालय, नगर सञ्जालका प्रतिनिधि सञ्चारकर्मी लगायतका बाक्लो उपस्थिति रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्