बाह्रबीसे तातोपानी सडक सुचारु
तीनदिन देखि बन्द रहेको अरनिको राजमार्ग अन्तर्गतको बाह्रबीसे तातोपानी सडक खण्ड सुचारु भएको छ ।
असार ३१ ग्ते राति खागदल खोलामा आएको बाढीले बाह्रबीसे नगरपालिका वडा न ३ र ५ जोड्ने खाकदलको बेलिब्रिज बगाएपछि आवतजातवत बन्द भएको हुँदै आएको थियो । बेलिब्रिजको ठाउँमा खोलामा ह्युम पाइप राखेर हाललाई अस्थाइरुपमा भए पनि सडक सुचारु भएको बाह्रबीसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।
उत्तरी तातोपानी नाका पुग्ने यो सडक अवरुद्ध हुँदा चीनबाट लोड भएर आएका झण्डै ६० भन्दा बढी मालबाहक कन्टेनरहरु ३ दिनदेखि सडकमा नै अलपत्र परेका थिए । सडक अवरुद्ध भएसँगै तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा पनि प्रभावित भएको छ । दैनिक चार करोड राजश्व संकलनमा प्रभावित भएको तातोपनी भन्सार कार्यालय जनाएको छ ।
खोलामा ह्युम पाइप राख्न सफल भएपछि अहिले अलपत्रमा रहेका मालबाहक कन्टेनरहरु काठमाण्डौं भित्रिन थालेका छन् ।
बाह्रबीसे तातोपानी सडक सुचारु
