जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछर्यौट

जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्दा फछ्र्यौट

जिल्ला अदालत सिन्धुपाल्चोकमा ६८८ मुद्दा फछ्र्यौट
चौतारा, २७ असार, २०८१ । जिल्ला अदालत सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०८० / ०८१ मा ६८८ मुद्दा फछ्र्यौट गरिएको छ ।

अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ मुद्दासमेत गरि आव २०८०÷०८१ मा जम्मा ९६० मुद्दा परेका थिए ।
विहीबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार फछ्र्यौट लक्ष्य ६ सय ८३ रहेकोमा विहीबारसम्म लक्ष्यभन्दा बढी अर्थात ६८८ मुद्दा फछ्र्योट भएको हो ।

अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २६१ थान मुद्दाबाहेक ६९९ नयाँ मुद्दा दर्ता भएका अदालतले जनाएको छ । २७३ मुद्दा अझै बाँकी रहेको छ ।

अदालतमा सम्बन्धबिच्छेद मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ । जिल्ला न्यायाधीश भगवती शर्मा ढूंगानाका अनुसार सम्वन्ध विच्छेद सम्वन्धि ४७१ मुद्दामा ३९९ मुद्दा फछ्र्यौट भएको छ । मानव बेचविखनबाट कुनै बेला बदनाम भएको सिन्धुपाल्चोकमा यो वर्ष जम्मा २ वटा मात्र मुद्दा परेको उहाँले जानकारी दिनुभयो ।
सेवाग्राहीलाई शीघ्र, स्वस्थ,निष्पक्ष, प्रभावकारी न्याय प्रमाण गर्नु नै आफ्नो लक्ष्य रहेको र सोही अनुसार आफूहरुले काम गरेकै कारण पनि अदालतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको न्यायधिस शर्माले बताउनुभयो ।


अदालतका श्रेस्तेदार शारदादेवी पौडेलले सेवाग्राहीहरुलाई छिटोछरितो मात्र हैन, मुस्कानसहितको सेवा पनि अदालतबाट प्रवाह गरेको बताउनु भयो । जसका कारण पनि अदालतको काम कारबाहीमा प्रभावकारीता देखिन थालेको उहाँको भनाईछ ।

सिफारिस

प्रतिकृया दिनुहोस्