४ लाख २८ हजार नगद सहित २६ जुवाडे पक्राउ

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट २६ जुवाडेसहित ४ लाख २८ हजार बरामद गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५सय ८५ रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको े लोकबहादुर रायमाझिको घरमा अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । तामाङको कमाण्डमा खटिएको टोलीले ३२…

कोभिड १९ संक्रमित दुई चिकित्सकको मृत्यु

काठमाण्डौं । कोभिड १९ संक्रमणका कारण दुई चिकित्सकको मृत्यु भएको छ । बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा सुनिल झा र डा. नारायणबहादुर थापाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ ।त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका डा झाको सोमबार विहान र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष समेत रहेका डा.थापाको आइतबार राति निधन भएको थियो । स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले शोक वक्तव्य जारी गर्दै विरामीहरुको उपचारको क्रममा काेभिड १९ संक्रमण भई उपचारको क्रममा मृत्यु भएको डाक्टरद्वयको…

बाउचा मैचाको प्रतिमा अनावरण

चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ मा नवनिर्मित बाउचा मैचाको प्रतिमा मेयर अमानसिं तामाङले अनवरण गरे । नेवारी परम्परा र संस्कृतिको झझल्को दिने सो प्रतिमा नेपाल संवत ११४१ को अवसरमा मेयर तामाङले उद्घाटन गरेका हुन ।प्रतिमा निर्माणले नेवार समुदायको साँस्कृतिक पहिचानसँगै चौताराको सौन्दर्य पनि बढेको मेयर तामाङले बताए । विकास निर्माणसँगै संस्कृति र संस्कारको संरक्षणमा आफू संधै प्रतिवद्ध रहेको पनि मेयर तामाङले बताए ।न्हू दँ को उपलक्ष्यमा प्रत्यक वर्ष विविध कार्यक्रम गर्दै आएको सिन्धु नेवा खल र नेवा दे दबु, सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा नेपाल भाषा, नेवारी संस्कृति र…

अध्यक्ष एवम् पूर्व सांसद कर्माचार्य र पत्रकारबीच भनाभन ( भिडियोसहित )

चौतारा । खानेपानीको विषयलाई लिएर जुगल थालखर्क होल्चे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुभाष कर्माचार्य र न्यूज २४ का सञ्चारकर्मी बीच भनाभन भएको छ । वर्षोदेखि पर्याप्त खानेपानी प्रयोग गर्न नपाएका चौताराबासीको समस्या सम्वन्धी पत्रकार विदुर गिरीले गरेको स्थलगत रिर्पोटको सेरोफेरोमा रही न्यूज २४ टेलिभिजन अन्तर्गत कल २४ कार्यक्रमका सञ्चालिका सम्झना भुजेलबीच भनाभन भएको हो । चौतारा ५ का हरिबहादुर श्रेष्ठले कल गरेर आफ्नो समस्या राखेपछि उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्व साँसद कर्माचार्यबीच मौकीक त्रिपक्षिय भिडन्त भएको थियो । फोन संवादमा भएको सो भनाभनमा अध्यक्ष कर्माचार्यले न्यूज २४ ले…

दारेगौंडा सडकमा चरम लार्पवाही । माटोमाथि ढलान हुँदै, मन्त्रीको ध्यानाकर्षण

दारेगौंडा सडकमा चरम लार्पवाही । माटोमाथि ढलान हुँदै, मन्त्रीको ध्यानाकर्षण

चौतारा । चौतारा स्याउले सडकखण्ड अन्तर्गत दारेगौडामा माटोमाथि नै सिधै ढलान हुन लागेपछि चौतर्फी विरोध भएको छ । तिहारको मौका छोपि ठेकेदारले सोलिङ नै माटोमाथि रड विछ्याएर ढलान गर्न तयारी गरेपछि यसको चौतर्फी विरोध भएको हो ।चौतारा स्याउले कालेपत्रे गर्न ठेक्का पाएको बज्रगरु कन्सट्रक्सनले तिहारको मौका छोपि हतारमा सो कार्य पत्ते गर्न खोजेको प्रष्ट देखिन्छ । वर्षोपछि बल्ल बल्ल चौतारा स्याउले सडक खण्ड कालोपत्रे हुन लागेको तर स्टीमेट अनुसार दारेगौंडा बाटोमा गर्न लागेको ढलानमै कैफियत गर्न खोजेपछि स्याउलेबासी भने आक्रोशित बनेका छन् । एक त माटोमाथि ढलान गर्न खोज्दैछ भने…

चिलाउनेमा बन्यो सातकन्या कालीदेवी मन्दिर । मन्त्री र मेयरद्वारा निरीक्षण

sankanya

मोनिका विक / चौतारा । त्यसो त जिल्लाकै प्रसिद्ध गौराति भीमेश्वरको जात्रा नजिकिँदै छ । हरेक कार्तिक पूर्णिमामा लाग्ने भीमश्वरको जात्राको बारेमा सिन्धुबासीलाई जानकारी भएपनि पूर्णिमाको अघिल्लो दिन लाग्ने अर्को जात्राको बारेमा भने थोरैलाई मात्र जानकारी होला । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपलिका वडा न ८ चिलाउनेस्थित सातकन्या कालीदेवीको मेला गौराति भीमेश्वरको मेलाभन्दा अघिल्लो साँझबाट सुरु हुन्छ । भीमसेनको दिदी अर्थात सातकन्या कालिदेवीको पूजाआजा पश्चात भीमेश्वरको पूजाआजा गरि पूर्णिमाको दिन गौराति भीमेश्वरको मेला लाग्ने गरेको बुढापाकाहरु बताउँछन् । पछिल्लोपटक स्थानीय सरकारले मन्दिर निर्माणमा चासो राख्दै बजेट विनियोजन गरेपछि अहिले…

पहिरो पीडितलाई राप्रपाको राहत !

जिल्लाका विभिन्न स्थान र समयमा गएको पहिरोबाट भएका पीडितका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मल्हम बनेको छ । पीडितहरुका लागि राप्रपा जिल्ला कमिटीले विभिन्न खाद्यान्नसहित हालसम्म २४ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको हो ।राप्रपाले पछिल्लोपटक बाह्रविसे नगरपालिका ७ घुम्थाङस्थित नागपुजे र भिरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरु दिइएको सहयोगसहित झण्डै २५ लाख रुपैयाँ पुगेको हो । राप्रपा सिन्धुपाल्चोकको सक्रियतामा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिका र गैरआवासिय नेपाल संघ पोर्चुगलबाट संकलन गरिएको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीय सभापति उत्तम भन्डारीले बताए । हामीले नागपुजे र…

मेलम्चीमा फुड बैंक सञ्चालन

एकातिर कोराना भाइरस संक्रमणको जोखिम कायमै रहेको र अर्कोतिर लकडाउनका कारण रोजिरोटी गुमाएर भोकै बस्नु पर्ने सर्वसाधरण, विपन्न, श्रमिक र मजदुरहरुलाई फुड बैंक सञ्चालनबाट राहतको महसुस हुने आयोकले विश्वास लिएको छ । बिसौनीbisouni.com

सिएमए संघद्वारा १७औं स्थापना दिवसमा खाद्यान्न सहयोग

नेपाल सिएमए संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आफ्नो १७औं स्थापना दिवसको अवसरमा चौतारा बृद्धाश्रमको जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।‘सिएमए एकता आजको आवश्यकता, पेशागत हकहित र अधिकार’ भन्ने मूल नाराका साथ संघले कोभिड– १९ को महामारीबीच आफ्नो स्थापना दिवस मनाएको हो । ‘कोरोना महामारीका कारण हामीले ठूलो कार्यक्रम नगरी जेष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरेका हौं’, सिएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले भने– ‘मानवीय सहायता हाम्रो मूल मर्म हो त्यसैले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई हामीले सहयोग गरेका हौं ।’बृद्धाश्रममा रहेको ९ जेष्ठ नागरिकहरुलाई संघले चामल, दाल, चिनी, साबुन, नुन, विस्कुटलगायत अत्यावश्यक…

सिन्धुपाल्चोक पहिरोमा अपडेटः ३ को शब फेला, ५ जनाको जिवितै उद्धार

सिन्धुपाल्चोक, बाह्रबीसे वडा न ७ घुम्थाङमा गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएको ५ जनाको सकुशल उद्धार गरिएको छ । भीरखर्कमा पहिरोले पुरिएको ठाउँमा २२ वर्षिया जुनु विक र ४० वर्षिया सर्कीनी प्रधानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको हो । नागपुजेमा ७ घर पुरिँदा ६० वर्षिय भक्तिमाया श्रेष्ठको शब फेला परेको छ ।नाकपुजे पहिरोमा परि १६ जना बेपत्ता भएका छन् भने भीरखर्कको पहिरोमा ६ जना बेपत्ता रहेको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । बेपत्ता र घाइतेहरुको उद्धार र खोजी कार्यमा स्थानीय र प्रहरी…