सिन्धुपाल्चोक, बाह्रबीसे वडा न ७ घुम्थाङमा गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएको ५ जनाको सकुशल उद्धार गरिएको छ । भीरखर्कमा पहिरोले पुरिएको ठाउँमा २२ वर्षिया जुनु विक र ४० वर्षिया सर्कीनी प्रधानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको हो । नागपुजेमा ७ घर पुरिँदा ६० वर्षिय भक्तिमाया श्रेष्ठको शब फेला परेको छ ।नाकपुजे पहिरोमा परि १६ जना बेपत्ता भएका छन् भने भीरखर्कको पहिरोमा ६ जना बेपत्ता रहेको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । बेपत्ता र घाइतेहरुको उद्धार र खोजी कार्यमा स्थानीय र प्रहरी…
Category: समाज
हातहातमै नगद पाएपछि लिदीवासी खुसी
बाँसखर्क/ प्राकृतिक विपत्तिले गाउँ नै उजाड बनेपछि सुरक्षित स्थान खोज्दै बाँसखर्क आइपुगेका जुगल गाउँपालिका लिदीका पहिरोपीडित भदौरे झरीको चिसोमा दिन कटाइरहेका छन् ।चिसो चउरमा ठडिएका चाइनिज टेन्टको बसाई कष्टकर भएपनि सुरक्षित स्थानमा बस्न पाएकोले लिदीवासीको मन थामेको छ । पहिरोबाट बाँचेर आएका विस्थापितलाई दिनहँु जसो कुनै न कुनै संघसंस्था वा व्यक्तिले राहत पु¥याउने गरेका छन् । राहत लाने सबै संघसंस्थाले गाउँपालिका वा वडालाई जिम्मा लगाउने गरेका छन् ।तर, शुक्रबार फरक तरिकाले राहत वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पहिरोपीडितको हातहातमै नगद रकम वितरण गरिदिएको हो ।…
एक घर एक धाराले सिपापोखरे मिजारटोलमा ल्याएको खुशियाली
सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका वडा नं.७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोलवासि हिजोआज खानेपानीको पहुँच र सुविधाले हर्षित भएकाछन्् । सेवक नेपालद्धारा सिन्धुपाल्चोक जिल्लामा संचालित आशा कार्यक्रमले १९ घरधुरीलाई समेटी एक घर एक धारा निर्माण गरेपछि मिजार टोलवासिलाई अहिले खानेपानीको समस्या वाट मुक्ति मिलेको ईन्द्रावती गाउँपालिका वडा नं. ७ का अध्यक्ष विर वहादुर तामाङले बताउनु भयो । विगतका दिनहरुमा खुल्ला मुहानबाट सिधै पाईप जोडेर सार्वजनिक रुपमा असुरक्षित खानेपानीको प्रयोग गरिरहेको र केहि घर धुरीले आफ्नो व्यक्तिगत पाईप मुहानमा जाडेर…
ढुक्क हुनुहोस् कोरोना षड्यन्त्र होइन, महामारी नै हो : डा. रवीन्द्र पाण्डे
चीनको वुहानमा गत डिसेम्बरमा सिटी स्क्यानबाट पत्ता लागेको कोरोना संक्रमणको महामारी विश्वका सबैजसो देशमा फैलिएको छ । हालसम्म करीब २ करोड ६१ लाख ८४ हजार ५ सय १२ व्यक्ति संक्रमित भएका छन् भने करीब ९ लाख व्यक्तिको मृत्यु भएको छ । कोरोना महामारीको कारण संसार अहिले भाइरस विरुद्धको युद्धमा होमिएको छ । महामारी नियन्त्रण गर्न विश्वका हरेक राष्ट्रले चालेका कदमको कारण एकातर्फ स्पेनिश फ्लूको महामारीमा जस्तो ठूलो मानवीय क्षति भएको छैन भने अर्कोतर्फ आर्थिक रूपमा विश्व ठूलो संकटमा फसेको छ ।दैनिक काम गरेर परिवार पाल्ने आममानिस कोरोना महामारीको कारण अद्वितीय…
रेलमार्गको विवादित ठेक्का स्थगित
२३ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा…
