मेलम्ची । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा गाई चोरी गरि हत्या गरिएको छ । ज्यामिरेका रामचन्द्र गिरीको गोठमा बाँधिरहेको गाई चोरी गरि हत्या गरिएको प्रहरीले जनाएको छ । शनिबार बेलुका गोठमा बाँधेर छोडेको गाई बिहान खोलेपानि गर्न जाँदा नभएपछि गिरी सहित स्थानियले गाईको पाइला पछ्याउँदै खोजि गरेका थिए ।खोजि गर्ने क्रममा ज्यामिरे डबल्याङ नजिकै जंगलमा गाई काटेको फेला पारेपछि स्थानियले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा मासुका टुक्रा, हसियाँ लगायको बस्तु भेटिएको गाईधनी गिरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक नवराज सापकोटाले घटनाको स्थलगत रुपमा अनुसन्धान…
Category: समाज
सुनकोसी गाउँपालिकाले निशुल्क औषधि वितरण गर्दै
खाडीचौर । स्वस्थ नागरिक नै सुखी नागरिक हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकले आफ्ना नागरिकहरूका लागि निःशुल्क औषधी वितरण गरिने भएको छ ।सुनकोशी गाउँपालिकाले भोलि शुक्रबारबाट निःशुल्क औषधी वितरण कार्यक्रम संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिन लागेको हो । गाउँपालिकाभित्रका सम्पूर्ण वडामा निःशुल्क औषधी वितरण गरिने छ ।निशुल्क औषधि वितरण कार्यक्रम भोलि बिहान १० बजेबाट सुनकोशी गाउँपालिका, सुनखानीस्थित वडा न ५ को कार्यालयबाट औपचारिकरुपमा सुरुवात हुनेछ । बिसौनीbisouni.com
मेयर सापकोटाद्वारा विद्युतीय फिल्टर धारा उद्घाटन
मेयर सापकोटाद्वारा फिल्टर जडित धारा उद्घाटन ( १० चैत्र २०७९) चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा नगरका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच बिद्युतीय फिल्टर जडित धाराकाे उद्घाटन गरेका छन् ।उक्त कार्यक्रममा बाेल्दै मेयर सापकोटाले एउटै मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै उनले भने देख्दा थाेरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बाेकेकाे छ । मेयरले बिद्यालयमा युवाहरूकाे जाेस जाँगर र सवैकाे समान धारणा बिकास भएकाे पाएँ । अझै समाजकाे चेतनशीलहरुकाे पहलमा शिक्षकहरुले याेजना वनाएर समृद्ध नगर बनाउन सहयाेग…
इन्द्रावतीले दियो प्रहरीलाई मोटरसाइकल
नवलपुर । इन्द्रावती गाँउपालिकाले इलाका प्रहरी कार्यालय नवलपुरलाई दुईवटा मोटरसाइकल सहयोगस्वरुप उपलब्ध गराएको छ ।बुधबार इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीलाई १५० सिसिको दुईवटा पल्सर माेटरसाइकल र साेकाे ब्लुबुक, साँचो हस्तान्तरण गर्नु भएको हो । आम नागरिककाे जीउधनको रक्षा र सामाजिक सद्भाव कायम राख्न चाैबिसै घण्टा खटिने प्रहरीलाई छिटाे छरितोरुपमा कार्य सम्पादन गर्न सहज हाेस भन्ने उदेश्यले सवारीसाधन प्रदान गरिएको अध्यक्ष नेपालले बताउनुभयो । । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अधिकृत पुष्पराज न्याैपाने, प्रहरी नायब निरीक्षक कुमार चाैलागाँई लगायतका अधिकारीहरुकाे उपस्थिति रहेको थियोे ।…
चौताराका अधिकाँश आँखा रोगीहरु धामीकहाँ धाउँछन्
आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । एक तथ्याङ्क अनुसार सदरमुकाम चौताराका अधिकाँश आँखा रोगीहरु झारफुकमा नै विश्वास गर्ने गरिएको देखिएको छ ।चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुका टोलिले गरेको एक सर्वेक्षण अनुसार आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजि विभाग महारागञ्ज मेडिकल क्याम्पस, चिकित्सा शास्त्रमा अध्ययनरत ब्याचुलर अफ अप्टोमेट्री एकाइसौ ब्याचका विद्यार्थीहरुले सदरमुकाम चौतारामा ३०० घरधुरीमा शारिरीक, मानसिक र आँखा स्वास्थ्यको अवस्था बारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरुले अधिकाँशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक…
छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।
छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।माेनिका विक / चौतारा । ‘त्यसो त कम सजिलो छैन, फेरि पनि यो फलामको च्यूरा चपाउन म तयार छु ‘। चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाटाले भन्नु भयो – ‘छुवाछुत र विभेदरहित नगर निर्माणार्थ मेरो भगीरथ प्रयत्न जारी रहने छ’ ।चौतारा साँगाचोकगढी नगरपालिका दलित समन्वय समितिको आयोजनामा मंगलबार नगरपालिकाको हलमा भएको अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर सापकोटाले छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि आवश्यक प्रकृया र अभ्यासको सुरुवात गरिने प्रतिवद्धता जाहेर गर्नु भएको हो । उहाँले छुवाछुत र विभेद अन्त्यका लागि सिर्जनात्मक र…
जुरे पहिरो पीडितलाई नगद रकम वितरण गर्न सांसद सापकोटाको माग
केही महिना अगाडि मन्त्री परिषदको बैठकले उक्त रकम सामाजिक, साँस्कृतिक र एकीकृत विकासका लागि फुकुवा गर्ने निर्णय गरे पनि पीडितहरुले भने नगद नै पाउनु पर्ने माग राख्दै आएका छन् । यस विषयमा साँसद सापकोटा पीडितहरुको पक्षमा सतिसाल झैं उभिँदै आउनु भएको छ । काठमाण्डौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गर्नु भएको छ ।आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २…
राहत शिक्षक जिल्ला समिति, सिन्धुको अध्यक्षमा राजेन्द्र सापकोटा ।
मुद्दालाई कार्यान्वयन गर्नका लागि सबै राहत शिक्षकहरु एकजुट भई संघर्षको आँधीवेहरी ल्याउनु पर्ने चौतारा । नेपाल राहत शिक्षक जिल्ला समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चाैतारामा सम्पन्न जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गरेको हो । उपाध्यक्षमा गुणकेशरी श्रेष्ठ, कमलप्रसाद तिमल्सिना, लालबहादुर डाँगी रहनु भएको छ भने सहअध्यक्ष दयाराम कुसारी चयन हुनु भएको छ ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमश ः निमा प्रधान, कृष्णकुमारी राउत चयन हुनु भएको छ ।सदस्यहरुमा गोपिनी घतानी, सोमबहादुर ज्योति,…
को को हुन् राजपत्रमा प्रकाशित सिन्धुपाल्चोकका शहीदहरु ( नामावलीसहित )
शहीदहरुको नामावलीमा जनयुद्धको क्रममा राज्य पक्षद्वारा मात्र हैन विद्रोही पक्षबाट मारिएकाहरुलाई पनि शहीदको मान्यता दिंदै राजपत्रमा प्रकाशन गरिएको छ । चौतारा । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा…
लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत
स्थानीय प्रशासन बेखबर बालबालिका यसरी देश छोडेर भारत जाने गरेको धेरै वर्ष बित्यो । तर, स्थानीय प्रशासन बेखबर छ । जुगल गाउँपालिकास्थित स्थानीय बालबालिकालाई लामा पढ्न बर्सेनि छिमेकी देश भारत लैजाने गरेको पाइएको छ । वडाको सिफारिसमा बालबालिका देशबाहिर गइरहँदा स्थानीय प्रशासन भने बेखबर छ । बालबालिकालाई भारतको बेंग्लोर र धर्मशालास्थित गुम्बामा लगिन्छ । बुद्ध धर्मसम्बन्धी ज्ञान आर्जन गर्ने भन्दै अधिकांश बालबालिकालाई बेंग्लोरको गोपो खजेनमा रहेको डेपुङ गुम्बामा लाने गरिएको छ । यस वर्ष मात्रै भारत पढ्न गएका २३ बालबालिकामध्ये एकजना काठमाडौंको स्वयम्भूबाट हराएपछि यो कुरा बाहिरिएको हो । जुगल–…
